Shikhar Insurance
National Life

हुण्डीको जालोः ठाउँठाउँबाट स्रोत नखुलेको पैसा र सुनसहित प्रकाउ पर्दै

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ५, शुक्रबार १०:५५
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनसरीको धरानबाट स्रोत नखुलेको २२ तोला सुनको बाला र १८ लाख नगदसहित दुई जना पक्राउ परेका छन् ।

रत्न रोडबाट धरान १५ का रामबहादुर श्रेष्ठ र धनकुटाको महालक्ष्मी नगरपालिका-२ का चन्द्रप्रसाद श्रेष्ठलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको हो । रामबहादुरका साथबाट सुन र चन्द्र प्रसादका साथबाट नगद १८ लाख रूपैयाँ फेला पारेको धरानका डिएसपी नरेन्द्र कुँवरले जानकारी दिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सुनको बालाको तौल २२ तोला २ आना २ लाल छ । नगद १८ लाख भने जेब्रा झोला भित्र रातो ब्यागमा फेला परेको थियो । बरामद भएको सुनको ४ वटा बाला ५० ग्रामको र एउटा बाला भने ५८ ग्राम ३२० मिलिग्राम रहेको पाइएको छ ।

दुवै जना रत्न रोडस्थित न्यू सूर्य लक्ष्मी स्टोरमा सुन बिक्री गर्न खोजेर निस्किएका थिए । सोही क्रममा उक्त पसल नजिकैबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो । डिएसपी कुँवरले भने ‘हामीले कहाँबाट आयो यो सुन र नगद भन्यौँ उनीहरूले कुनै खरिद गरेको बिल तथा प्रमाण देखाउन नसकेपछि पक्राउ गरेका हौँ । के हो भन्ने थप अनुसन्धानबाट खुल्ने छ ।’

यसअघि बुधबारमात्रै भक्तपुरबाट प्रहरीले स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुधबार राति मध्यपुर थिमी नगरपालिका–१ लोकन्थलीबाट स्रोत नखुलेको ८० लाखसहित काठमाडौँ कोटेश्वर बस्ने बागलुङ गल्कोट नगरपालिका–१० का ३६ वर्षीय चित्रबहादुर पुन मगरलाई गएराति पक्राउ गरेको छ ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भइरहेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थिमीबाट खटिएको प्रहरीले मगरलाई नियन्त्राण्मा लिएको हो । उनको साथबाट बा ४९ प ८५६५ नं. को स्कुटर र नगद ३० लाखसहित बरामद गरिएको र अनुसन्धानको क्रममा उनको कोठा तलासी गर्दा थप ५० लाख बरामद गरिएको हो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्