काठमाडौं । संघीय सरकारको सत्तारूढ गठबन्धनले राजेन्द्र पाण्डेलाई वाग्मती प्रदेशको मुख्यमन्त्री बनाउने सहमति गरेको छ । हेटौंडामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यस्तो सहमति गरेका हुन् ।
मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बिहीबार विश्वासको मत लिँदैछिन् । उनले मत नपाउने पक्का छ भने पाण्डे भावि मुख्यमन्त्री बन्ने निश्चित भएको हो ।
प्रतिक्रिया दिनुहोस्