Shikhar Insurance
National Life

एक दिन भन्दा बढी टिकेन हरियाली, नेप्से १४.७० अंकले घट्दा २ अर्ब ६३ करोडको सेयर किनबेच

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १५:१९
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको अन्तिम दिन नेप्से परिसूचक १४.७ अंकले घटेको छ । लामो समयको लगातार गिरावटपछि बुधबार ६० अंकले बढेको नेप्से परिसूचक भोलिपल्टै पुरानै बाटोमा फर्किएको हो ।

बिहीबार परिसूचक १४.७० अंकले घटेर २५५६.९५ मा पुगेको छ । नेप्से ०.५७ प्रतिशतले घट्दा २ अर्ब ६३ करोड ५३ लाख रूपैयाँको सेयर किनबेच भएको छ । सोक्रममा २ सय १६ कम्पनीका ६१ लाख कित्ता सेयर कारोबारमा आए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सेयर कारोबार सुरू भएको केहीबेर सामान्य सुधारिएर परिसूचक दिनको तल्लो बिन्दु २५४३ अंकमा आइपुगेको थियो । त्यसपछि फेरि घटबढ हुँदै नेप्से २५५६ अंकमा अडिएको हो । बिहीबार कारोबारमा आएका अन्य र म्युचुअल फन्डको उपसूचकबाहेक सबैमा गिरावट आए ।

मेरो माइक्रोफाइनान्सको सेयर मुल्य भने १० प्रतिशतले बढेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्