Shikhar Insurance
National Life

नेपालले ढिला गर्दा कुशिनगरमा भारतले बनाइदियो अन्तर्राष्ट्रिय विमानस्थल, लुम्बिनी आउनेहरू यात्रा गर्न सजिलो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १२:४८
Hyundai
NCELL
NIMB

कुशिनगर । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पवित्र भूमि कुशिनगरमा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणसँगै त्यहाँका मानिसहरुको लामो समयदेखिको सपना पूरा भएको बताएका छन् ।

उत्तर प्रदेशस्थित कुशीनगरमा रहेको अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन गर्ने क्रममा मोदीले सो विचार व्यक्त गरेका हुन् । सो अवसरमा उनले कुशिनगरका जनतालाई बधाई दिएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तर्राष्ट्रिय तीर्थस्थल कुशीनगरमा भगवान् बुद्धको महापरिनिर्वाण भएको थियो । बौद्ध धर्मावलम्बीहरू लुम्बिनी, सारनाथ, गया र कुशीनगरको तीर्थ यात्रा गर्छन् ।

नवर्निमित विमानस्थलबाट पहिलो अन्तर्राष्ट्रिय उडान श्रीलंकाको राजधानी कोलम्बो हुने जनाइएको छ । यो विमानस्थलबाट नोभेम्बर महिनादेखि नियमित उडान सुरु हुनेछ । पहिलो उडानमा बौद्ध भिक्षु यात्रु रहनेछन् ।

कुशीनगर लुम्बिनीबाट १ सय ३० किलोमिटरमात्र टाढा पर्छ । नेपालले भैरहवामा गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल बनाउन ढिलाइ गर्दा भारतले बुद्ध सर्किटमा आउने पर्यटक लक्षित गरेर अन्तर्राष्ट्रिय बिमानस्थल तयार पारेको हो ।

यो बिमानस्थलबाट पहिलो उडान कोलम्बोको हुनेछ । श्रीलंकाबाट धेरै पर्यटक गौतम बुद्धको जन्मस्थल लुम्बिनी आउने गरेका छन् । भारतले यही सम्भावनालाई ध्यानमा राख्दै १ वर्षमै विश्वस्तरीय बिमानस्थल तयार पारेको हो ।

यता २ वर्षअघि नै उद्घाटन गर्ने भनिएको निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल बल्ल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणमा मुलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत ६ अर्ब ८२ करोड रूपैयाँको काम भएको छ । दोस्रो अन्तरराष्ट्रिय बोलपत्र (आइसिबी टू) अन्तर्गत ५० करोड रूपैयाँको काम र तेस्रो मुआब्जा वितरण २२ अर्ब ४० करोड रूपैयाँ भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलब ४ र एडिबिको ६२ दशमलब ६ प्रतिशत लगानी रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्