Shikhar Insurance
National Life

भारतमा १ अर्ब जनसंख्याले लगाए खोप, नेपालमा १ करोडले पनि पाएका छैनन्

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ४, बिहीबार १२:३०
Hyundai
NCELL
NIMB

एजेन्सी । भारतमा कोभिड खोप लगाउनेको संख्या आजदेखि एक अर्ब पुग्दैछ । बुधबारसम्म ९९ करोड ७० लाखले कोभिडबिरुद्धको खोप लगाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । बिहीबार कम्तिमा ३० लाखले खोप लगाउने कार्यक्रम छ ।

सरकारले नौ महिनाअघि कोभिडबिरुद्धको खोप अभियान चलाएको थियो । छोटो समयमा नै धैरै नागरिकले खोप लगाएको भन्दै नरेन्द्र मोदी नेतृत्वको सरकारले यसलाई ठूलो सफलता बताएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संघीय स्वास्थ्य मन्त्री मन्सुख मन्दाभियाले कोभिड खोप लगाउन छुटेका सबै नागरिकलाई तत्काल खोप लगाउन आह्वान गर्दै कोभिडबिरुद्धको एतिहासिक यात्रामा योगदान दिन आग्रह गरेका छन् ।

एक अर्ब जनसंख्याले खोप लगाएको अवसरमा भारतले बिहीबार विशेष कार्यक्रम मनाउँदैछ । रेल, विमान र पानीजहाजबाट लाउडस्पिकरमार्फत एक अर्ब जनसंख्याले खोप लगाएको घोषणापछि कोभिड सचेतनासम्बन्धी विशेष कार्यक्रम आयोजना गरिनेछन् ।

भारतमा १ अर्बले खोप लगाइसक्दा नेपालमा भने हालसम्म ८५ लाख जनाले मात्र कम्तिमा पहिलो डोज खोप पाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्