Shikhar Insurance
National Life

सिटिजन्स बैंकले सार्वजनिक गर्यो निक्षेपको परिमार्जित ब्याजदर, अब कति ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २१:०२
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंकले बैंकले निक्षेपको परिमार्जित ब्याजदर सार्वजनिक गरेको छ । बैंकले राष्ट्र बैंकको निर्देशन पश्चात ०.९६ प्रतिशतले ब्याजदर घटाएको हो ।

यसअघि बैंकले कात्तिक महिनामा लागू निक्षेपको अधिकतम ब्याजदर ९.७६ प्रतिशत दिने घोषणा गरेको थियो । तर केन्द्रीय बैंकले ब्याजदर तोकिएको सीमा ल्याउन निर्देशन दिएपछि हाल अधिकतम ८.८० कायम गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकद्वारा परिमार्जित निक्षेपको ब्याजदरअनुसार अब संस्थागत मुद्दतिमा बैंकले ७.८० प्रतिशत ब्याज दिनेछ । यसअघि बैंकले सो खातामा ९.७६ प्रतिशत दिने घोषण गरेको थियो ।

यस्तै, व्यक्तिगत मुद्दतितर्फ समेत बैंकले ब्याजदर घटाएको छ । यसअघि ९.२६ प्रतिशत ब्याज दिने भएको बैंकले अब संस्थागतको भन्दा १ प्रतिशतबढी ८.८० प्रतिशत ब्याजदर दिने भएको हो ।

यसैगरी बैंकले साधारण बचतमा समेत राष्ट्र बैंकले तोकेको निक्षेपको स्प्रेडदर कायम गर्दै अधिकतम ५.१० प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् घोषणा गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्