Shikhar Insurance
National Life

राष्ट्र बैंकको निर्देशन आएको २४ घन्टा नबित्दै ग्लोबल आइएमईले सार्वजनिक गर्यो नयाँ ब्याजदर, कति घट्यो ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार २०:३२
Hyundai
NCELL
NIMB

काठमाडौं । ग्लोबल आइएमई बैंकले निक्षेपको परिमार्जित ब्याजदर सार्वजनिक गरेको छ । बैंकले राष्ट्र बैंकले निर्देशन दिएको २४ घन्टा नबित्दै बैंकले ब्याजदर ०.१४ प्रतिशतले घटाएको हो ।

यसअघि बैंकले कात्तिक महिनामा लागू निक्षेपको अधिकतम ब्याजदर ९.५० प्रतिशत दिने घोषणा गरेको थियो । तर, केन्द्रीय बैंकले ब्याजदर तोकिएको सीमामा ल्याउन निर्देशन दिएपछि हाल अधिकतम ९.३६ कायम गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकद्वारा परिमार्जित निक्षेपको ब्याजदरअनुसार अब संस्थागत मुद्दतिमा बैंकले ८.३६ प्रतिशत ब्याज दिनेछ । यसअघि बैंकले सो खातामा ९.५० प्रतिशत दिने घोषण गरेको थियो ।

यस्तै, व्यक्तिगत मुद्दतितर्फभने बैंकले ब्याजदर बढाएको छ । यसअघि ९ प्रतिशत मात्र ब्याज दिने भएको बैंकले अब संस्थागतको भन्दा १ प्रतिशत बढी अर्थात् ९.३६ प्रतिशत ब्याजदर दिने भएको हो ।

यसैगरी बैंकले साधारण बचतमा समेत राष्ट्र बैंकले तोकेको निक्षेपको स्प्रेडदर कायम गर्दै अधिकतम ४.५० प्रतिशत ब्याजदर दिने घोषणा आफ्नो वेव साइटमार्फत् गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्