Shikhar Insurance
National Life

अब ‘फेसबुक’ नरहने, किन फेर्दैछन् जुकरबर्गले नाम ?

सिंहदरबार संवाददाता
२०७८ कार्तिक ३, बुधबार १४:४८
Hyundai
NCELL
NIMB

एजेन्सी । तपाईं हामीले चलाउने सामाजिक सञ्जाल फेसबुकको नाम अब फेसबुक नरहने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा संस्थापक मार्क जुकरबर्गले फेसबुक नाम परिवर्तन गरेर मेटाभर्सलाई सुहाउँदो नाम राख्ने चर्चा छ ।

अर्को सातासम्म निर्माणाधीन मेटाभर्सलाई मिल्दोजुल्दो नाम राख्न खोजिएको हो । अक्टोबर २८ मा हुने फेसबुकको वार्षिक सम्मेलनमा संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जुकरबर्गले नयाँ नामका विषयमा कुरा गर्ने बताइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यसरी फेसबुकलाई रिब्रान्ड गरेर निलो फेसबुक एपलाई इन्स्टाग्राम, ह्वाट्सएप, ओकुलस जस्तो बनाइने भएको हो ।

फेसबुकले अहिले मेटाभर्स निर्माणको तयारी गरिरहेको छ । कम्पनीका दशौं हजार कर्मचारी स्मार्टफोनको नयाँ स्वरूपको एआर ग्लास (अग्मेन्टेड रियालिटी चस्मा) निर्माण गरिरहेका छन् जसलाई मेटाभर्सको सुरूवात मानिएको छ ।
मेटाभर्सलाई इन्टरनेटको भविष्य मानिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्