Shikhar Insurance
National Life

कार्य विभाजनले नेकपा(एकिकृत समाजवादी)मा किचलो

सिंहदरबार संवाददाता
२०७८ कार्तिक २, मंगलवार १३:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । माधव कुमार नेपालको नेतृत्वमा नव गठित नेकपा(एकिकृत समाजवादी) पार्टीमा कार्य विभाजनका कारण किचलो सुरु भएको छ । मापदण्ड बनाएर जिम्मेवारी बाडफाँट गर्ने भनिएपनि नेताहरुले आफुखुसी केन्द्रिय सदस्यहरुको नाम सार्वजनिक गरेपछि पार्टीको किचलो सार्वजनिक भएको हो ।

बिशेषगरि पार्टी महासचिव डा. बेदुराम भुषाल र उप महासचिव डा. विजय पौडेलले एकलौटी रुपले केन्द्रिय सदस्यको सूचि तयार पारेको आरोप छ । योग्यता पुगेका र मापदण्ड भित्र परेकाहरुलाई बाहिर राखेर आफु निकटकाहरुलाई केन्द्रिय सदस्य बनाएको भन्दै युवा नेताहरुले गुनासो पोखेका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

माधव नेपालका लागि नयाँ पार्टी गठन गरेका जीवन राईलाई वैकल्पिक केन्द्रिय सदस्य बनाइएको छ । जबकी राईले दर्ता गरेको नेकपा(एकिकृत)सँग माधव नेपालले पार्टी एकताका लागि हस्ताक्षर गरिसकेका छन् र एकिकृत समाजवादीको चुनाव चिन्ह नै कलम राख्ने तय भैसकेको छ । पार्टी एकताका लागि हस्ताक्षर गर्दा राईलाई केन्द्रिय सदस्य बनाउने समझदारी बनेको थियो । तर अन्तरपार्टी निर्देशनमा जीवन राईको नाम वैकल्पिक केन्द्रिय सदस्यका रुपमा समावेश गरियो ।

उता, युवा संघका अध्यक्ष नरेश शाही केन्द्रिय सदस्य बन्दा अखिल अध्यक्ष सुदेश पराजुलीको नाम छुट्यो । अखिल महाधिवेशनमा सुदेश पराजुली, ओसिम आलम र आरती लामाले नेपाल समुहबाट सचिव जितेका थिए ।  पदाधिकारीमा चुनाव हारेका अशेष घिमिरेलाई वैकल्पिक केन्द्रिय सदस्य बनाएको विषय पनि असन्तुष्ठहरुले उठाईरहेका छन् । त्यसो त सर्लाहीका सुरेन्द्र लामाको नाम पनि केन्द्रिय कमिटीमा अटाएन् । तराई मधेशमा माधव नेपालका लागि भरपर्दाे नेताका रुपमा उदाउँदै गरेका सरोज यादवको नाम पनि केन्द्रिय सदस्यहरुको सूचिमा परेन् । २ नम्बर प्रदेश सभा सदस्य मञ्जु यादव पनि सुरुवाति दिन देखि नै साथमा थिइन तर उनको नाम पनि केन्द्रिय सदस्य बन्न पाइनन् ।

ताप्लेजुङका नेत्र नेपालीले पनि आफुलाई केन्द्रिय सदस्य नबनाईएकोमा असन्तुष्टि पोखेका छन् । सिन्धुपाल्चोकका नवराज पौडेल पनि केन्द्रिय सदस्यका आकांक्षी थिए । उनलाई पनि विभागिय जिम्मेवारीमै थन्काईएको छ । सुदुरपश्चिममा समाजवादीका लागि बलियो आधारका रुपमा हेरिएका भानुभक्त जोशीले पनि आफुलाई गतिलो जिम्मेवारी नदिईएको भन्दै गुनासो गरेका छन् । उनी केहि हप्ता पहिले मात्रै एमाले छाडेर एकिकृत समाजवादीमा प्रवेश गरेका थिए ।

माधव नेपाललाई सबै भन्दा धेरै गाली गर्ने जनता टाइम्स अनलाइनकी प्रबन्ध निर्देशक सुस्मा राई पनि केन्द्रिय सदस्य बनेकी छिन् । प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले सञ्चालन गरेको सो अनलाइनले माधव नेपाल र उनको पार्टी विरुद्ध अफवाह फैलाउन महत्वपूर्ण भूमिका खेलिरहेको छ ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुली र सह अध्यक्ष ओसिम आलमले पार्टी जिम्मेवारी बाँडफाँटमा विधि प्रक्रिया मिचिएको बताउँदै अध्यक्ष माधव नेपालले हस्तक्षेप गरि सच्याउनुपर्ने माग गरेका छन् ।

पूर्व प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष माधव कुमार नेपालले कार्यविभाजन र जिम्मेवारी बाडफाँटबारे आफुले थप सल्लाह गर्ने वचन दिएको नेताहरुले बताएका छन् । ‘अध्यक्षज्यूसँग कुरा भएको छ, उहाँले सल्लाह गरौंला चिन्ता नलिनुस भन्नु भएको छ’, जिम्मेवारीबारे असन्तुष्ठ एक नेताले सिंहदबारसँग भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्