Shikhar Insurance
National Life

नेपाल बङ्गलादेश बैंकले दियो १ लाख रुपैयाँको दुर्घटना बीमा भुक्तानी

सिंहदरबार संवाददाता
२०७८ आश्विन ३१, आईतवार १९:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल बङ्गलादेश बैंकले बचत खाता खोल्ने ग्राहकहरुको सुरक्षणको लागि गरिएको दुर्घटना बीमा बापतको दावी रकम १ लाख रुपैयाँ ग्राहक स्व. दिनेश श्रेष्ठको बुवा कालिदास श्रेष्ठलाई प्रदान गरेको छ । दिनेश श्रेष्ठले नेपाल बंगलादेश बैंक, धुन्चे शाखामा बचत खाता खोली कारोबार गर्दै आएका थिए ।

एक लाख रुपैयाँको चेक नेपाल बंगलादेश बैंक, धुन्चे शाखाका शाखा प्रमुख रामेश्वर घिमिरेले श्रेष्ठको बुवालाई हस्तान्तरण गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस प्रकारको सहयोगले आफ्ना ग्राहकको आश्रित परिवारको लागि राहत पुग्ने विश्वास बैंकले लिएको छ । साथै आगामी दिनहरुमा पनि आफ्ना ग्राहकहरुको हितमा रही बैंकिङ्ग सुविधा प्रदान गर्ने कुरा बैंकले जानकारी गराएको छ ।

हालसम्म बैंकले १ सय शाखा, १० एक्सटेन्सन काउन्टर, तथा ८१ वटा एटीएमबाट बैंकिङ्ग सुविधा दिँदै आएको कुरा पनि जानकारी गराएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्