Shikhar Insurance
National Life

एक रुपैयाँपनि मौज्दात नभएका खाता धमाधम बन्द गरिँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १६:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । तपाइले बैंकमा खाता खोली पैसा जम्मा गर्नु भएको छैन ? यदी छैन भने सचेत रहनुस् । त्यस्ता खाता बैंकले स्वतः बन्द गर्दैछन् ।

पछिल्लो समय एक व्यक्तिले नै धेरै बैंकहरुमा खाता खोलेका हुन्छन् । बैंकसँग सम्बन्धित कारोबार सकिएपछि ग्राहकले खातामा बन्द नै नगरी शून्य मौज्दात रोखेर बसेका हुन्छन् । जसले गर्दा वित्तीय पहुँचको अवस्था नै यकिन गर्न सम्बन्धि निकायलाई समस्या हुँदै आएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अब भने राष्ट्र बैंकले १० वर्ष देखि शून्य मौज्दात रही कारोबार नभएका खाताहरुलाई बन्द गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । सो निर्देशन सोमबार केन्द्रीय बैंकले एकिकृत निर्देशन, २०७७ लाई संसोधन/परिमार्जन तथा थप व्यवस्था गर्दै यस्तो निर्देशन दिएको हो ।

यसरी बैंक तथा वित्तीय संस्थाले शुन्य मौज्दात रहेको १० वर्षे पुरानो खाता बन्द गर्न सार्वजनिक सुचना नै प्रकाशित गर्नु पर्ने छ । साथै, खाता बन्द गरेपछि यस्तो खाताको विवरण बैंकको वेबसाइटमा उपलब्ध गराउनु पर्नेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्