Shikhar Insurance
National Life

सबै निक्षेपकर्तालाई समान ब्याज दिन राष्ट्र बैंकको निर्देशन, ऋणीको ब्याजदर समेत औसतमा परिवर्तन गर्नु पर्ने

सिंहदरबार संवाददाता
२०७८ आश्विन २५, सोमबार १२:१६
Hyundai
NCELL
NIMB

काठमाडौं । अब बैंक तथा वित्त कम्पनीले सबै निक्षेपकर्तालाई समान ब्याज दिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशन, २०७७ लाई संशोधन/परिमार्जन थप व्यवस्था गर्दै बैंक तथा वित्त कम्पनीलाई सो निर्देशन दिएको हो ।

हालसम्म बैंक तथा वित्त कम्पनीहरुले उस्तै प्रकारको निक्षेपमा एक ग्राहकलाई दिने ब्याजदर र अर्को ग्राहकलाई दिने ब्याजदरमा ०.५ प्रतिशतको अन्तर राख्न पाउथ्ये । तर, अब भने एकै प्रकारको निक्षेपमा सबै ग्राहकलाई समान ब्याज दिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस्तै, बैंक तथा वित्त कम्पनीले परिवर्तन गर्ने प्रत्येक त्रैमासको बेसरेट समेत औसतमा परिवर्तन गर्नु पर्ने भएको छ । राष्ट्र बैंकको निर्देशनअनुसार बैंक तथा वित्त कम्पनीले प्रत्येक महिनामा कायम वेसरेटलाई औषत गरेर त्रैमासिक रुपमा बेसरेट कायम गर्नु पर्नेछ ।

बैंक तथा वित्त कम्पनीले मासिक रुपमा निक्षेपको ब्याजदर र त्रैमासिक रुपमा कर्जाको ब्याजदर परिवर्तन गर्न पाउँछन् । बेसरेटमै केही प्रतिशत प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गरेका हुन्छन् । भने, बेसरेट त्रैमासिक रुपमा परिवर्तन गर्दा पछिल्लो महिनामा कायम बेसरेट वा ३ महिनामा सबैभन्दा बढी आएको बेसरेटलाई आधार बनाएर बैंकहरुले त्रैमासिक रुपमा बेसरेट परिवर्तन गर्ने गरेका छन् । तर, अब भने प्रत्येक महिनामा कायम बेसरेटलाई औषत गरेर त्रैमासिक रुपमा बेसरेट बैंकहरुले परिवर्तन गर्न पाउनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्