Shikhar Insurance
National Life

तरलता संकटबीच मेगा बैंकले खरिद गर्यो अर्ब बढीको जग्गा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १७:५७
Hyundai
NCELL
NIMB

काठमाडौं । हाल बैंकिङ प्रणालीमा (लगानी योग्य रकम) तरलता अभाव छ । बैंकहरु थप कर्जा लगानी गर्नका लागि ब्याजदर प्रतिस्पर्धा गर्दै थप स्रोत संकलन गरिरहेका छन् ।

तर, स्रोतको अभावकै अवस्थामा भने मेगा बैंक नेपालले १ अर्ब बढी जग्गामा लगानी गरेको छ । बैंकको असोज २४ गते बसेको ३४०औं सञ्चालक समितिको बैठकले १ अर्ब १६ करोड १ लाख १ हजार रुपैयाँ रुपैयाँमा जग्गा खरिद गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकले ऋणीलाई दिने कर्जा र खरिद गर्ने सम्पतीको सम्बन्ध नभएपनि महिनौंदेखि कर्जाको आवेदन दिएर बसेको ऋणीमाझ भने बैंकको क्षवि नराम्रो हुने जानकारहरु बताउँछन् । ‘अहिले नै जग्गा खरिद गर्ने निर्णय बैंकले गर्दा कर्जा माग गरेर बसेका ग्राहक माझ हामीलाई नदिएर बैंकले जग्गामा लगानी गर्यो भन्ने पर्छ,’ एक बैंकरले सिंहदरबारसँग भने, ‘संकलित निक्षेपबाट कर्जा मात्र दिने हो, सम्पती खरिद गर्ने भनेको अर्को पाटो हो ।’

तर, हाल संस्थामा प्रयाप्त स्रोत नभएर कर्जा माग गर्ने धेरै ऋणहिरु खाली हात बैंकबाट फार्किएको अवस्थामा भने बैंकले लिएको जग्गा खरिद गर्ने निर्णय समय सान्दर्भिक नभएको ती बैंकर्सको भनाइ छ । हाल बैंकिङ प्रणालीमा ३५ अर्ब ५३ करोड रुपैयाँमात्र लगानी योग्य रकम मौज्दात छ । भने बैंकहरुले गर्जो टार्न नै भएपनि अन्तर बैंक कारोबार बढाउँदा ब्याजदर नै ५ प्रतिशतको हाराहारीमाच पुगको छ ।

गत साउन महिनाको पहिलो मात्र प्रणालीमा साता १ खर्ब २० अर्ब रुपैयाँ बढी तरलता मौज्दात थियो भने अन्तर बैंक कारोबारको ब्याजदर समेत ०.१७ प्रतिशत मात्र थियो ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्