Shikhar Insurance
National Life

साधना लघुवित्तको ९३औं शाखा काठमाडौंमा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १३:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो ९३ औं शाखा काठमाडौं उपत्यककाको नागार्जुन नगरपालिका वडा नं. ०१, रानीवन प्लानिङ्गमा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक सञ्चालक समितिका सदस्य रामजी रेग्मीले गरे ।

नयाँ शाखा संचालनमा आएसँगै वित्तीय संस्थाले काठमाडौं उपत्यकाबाट पनि आफ्नो वित्तीय सेवा प्रदान गर्ने भएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजीको २५% बराबरको बोनस शेयर र कर प्रयोजनको लागि १.३१५७८९५% गरी जम्मा २६.३१५७८९५% लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न यहि कात्र्तिक १३ गते पाँचौ वार्षिक साधारण सभा समेत डाकेको छ । राष्ट्रिय स्तरको यस साधना लघुवित्तले यसै वर्ष १४ वटा शाखा सञ्चालानमा ल्याएको छ । देशैभर शाखा सञ्जाल, दक्ष वित्तीय व्यवस्थापन समूह दक्ष कर्मचारीहरुमार्फत वित्तीय सेवा प्रदान गरिरहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्