Shikhar Insurance
National Life

सानिमाले माछापुच्छ्रेभन्दा अगाडि नै लाभांश बाँड्ने, कात्तिक ७ गते बुक क्लोज, १४ मा साधारणसभा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १२:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । सानिमा बैंकले सेयरधनीलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्न साधारणसभा बोलाएको छ । बैंकले १४ कात्तिकमा १७औं वार्षिक साधारणसभा आह्वान गरेको हो।

बैंकले कोरोनाका कारण भर्चुअल रूपमा सभामा उपस्थित हुने सेयरधनीलाई मिटिङ आइडी र पासवर्ड उपलब्ध गराउने जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सभाले हाल कायम चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ शून्य दशमलव ८९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनसम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गर्नेछ। त्यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने लगायतका एजेन्डा छन् ।

साधारणसभाका लागि बैंकले ७ कात्तिकमा एक दिनको लागि बुकक्लोज गर्नेछ । जसअनुसार ४ कात्तिकसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीले मात्रै बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

सानिमाले माछापुच्छ्रे बैंकभन्दा १२ दिन अगाडि वार्षिक साधारणसभा आयोजना गर्ने भएको हो । अर्थात् सानिमाका सेयरधनीले माछापुच्छ्रेका सेयरधनीले भन्दा १२ दिन अगाडि नै लाभांश पाउनेछन् ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्