Shikhar Insurance
National Life

मुख्यमन्त्री शाक्यले आज विश्वासको मत माग्दै, नपाउने पक्का, आचार्यले दसैंपछिका लागि सारे

सिंहदरबार संवाददाता
२०७८ आश्विन २४, आईतवार १२:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य आज आइतबार सदनमा विश्वासको मत लिने भएकी छन् । प्रदेशसभामा अल्पमतमा रहेकी उनी मुख्यमन्त्री बनेको ५४औँ दिनमा विश्वासको मत लिन लागेकी हुन् ।

दिउँसो ३ बजे प्रदेशसभाको हिउँदे अधिवेशन बस्दैछ । सोही अधिवेशनमा मुख्यमन्त्री शाक्य विश्वासको मत लिन लागेकी हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१ सय ९ सदस्यीय प्रदेशसभामा शाक्यको दल नेकपा एमालेका ४३ सांसद मात्र छन् । प्रदेशसभाको विश्वास लिन शाक्यले ५५ सांसदको समर्थन जुटाउनुपर्छ।

प्रदेशसभामा नेपाली कांग्रेसको २२, माओवादी केन्द्रको २३, नेकपा एकीकृत समाजवादीका १३ गरी ५८ सांसद छन् ।

गठबन्धनबाहिर विवेकशील साझाका ३, राप्रपा र नेमकिपाको २ र एकजना स्वतन्त्र सांसद छन् । यी सबै दलले अष्टलक्ष्मीलाई साथ दिए पनि ५१ मात्र पुग्छ । जुन सरकार गठनका लागि अपर्याप्त हुन्छ। बागमतीमा नेकपा एसबाट नयाँ मुख्यमन्त्री बनाउने संघको सत्ता गठबन्धनको तयारी छ ।

बाग्मती प्रदेशकी मुख्यमन्त्री शाक्यले प्रदेशसभामा विश्वासको मत आजै लिने गरी अगाडि बढे पनि प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले भने दसैँपछि मात्रै विश्वासको मत लिने बताएका छन् । दुईवटै प्रदेशमा उनीहरू मुख्यमन्त्री बनेको एक साता नबित्दै अलपमतमा परेका थिए ।

आचार्यले भने आफू अनुकुल कानुनको ब्याख्या गर्न थालेका छन् । २८ भदौमा नेकपा एकीकृत समाजवादीले सरकारलाई समर्थन छैन भन्ने पत्र संसद सचिवालयमा दर्ता गराएकोले त्यसको ३० दिन भित्रमा समर्थन लिने उनको भनाइ छ ।

सरकारमा रहेको दल फुटेमा ३० दिन भित्रमा विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ । दुई दिन अगाडि बसेको एमाले संसदीय दलको बैठकमा सांसदहरूले मुख्यमन्त्री आचार्यलाई दसैँ अगाडि नै विश्वसाको मत दिन सुझाव दिएका थिए ।

‘दसैँ अगाडि नै विश्वासको मत लिनुहोस् भनेर भनेका छौँ’, एमालेका प्रमुख सचेकत बुद्धिकुमार राजभन्डारीले भने, ‘निर्णय गर्ने अधिकार उहाँलाई छ । सविधानको अक्षरंशः पालना गर्नुहोस् भनेर सुझाव पनि दिएका छौँ । निर्वतमान मुख्ययमन्त्री शेरधन राईले भने आज संसदमा दर्ता गराएर भोलिसम्ममा लिन सक्नुहुन्छ ।’

विपक्षी गठबन्धनले भने सरकारलाई सभामुखले साथ दिएको आरोप लगाउन थालेका छन् । शनिबार शुभकामना दिन भन्दै संसदीय दलका नेताहरूलाई फोन गरेका सभामुख प्रदीपकुमार भन्डारीले अविश्वसको प्रस्ताव दसैँपछि मात्रै अगाडि बढाउन सहयोग गरिदनसमेत आग्रह गरेका थिए ।

‘उहाँले मलाई अप्ठ्यरोमा नपारीदिनुहोस् सहजीकरण गिरिदनु पर्‍यो भन्नु भएको छ’, नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता इन्द्र आङ्वोले भने, ‘तपाइँबाट सविधानको पालना हुनुपर्छ त्यसमा सविधानले के भन्छ, त्यही गर्नुहोस् हामी सहजीकरण गर्न तयार छौं भनेको छु ।’

९२ सदस्यीय प्रदेशसभामा एमालेका ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, एकीकृत समाजवादीका १०, जनता समाजवादी पार्टीका तीन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र राप्रपाका एक एकजना सदस्य छन् । प्रदेश सभामा विश्वासको मत प्राप्त गर्न ४७ मत चाहिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्