काठमाडौं । लगानीकर्तालाई प्रतिफल दिन ३३ लघुवित्त संस्थाले प्रक्रिया सुरू गरेका छन् । आर्जन गरिसकेको मुनाफाबाट लगानीकर्तालाई लाभांश बाढ्न यी लघुवित्तहरु प्रक्रियामा राष्ट्र बैंक पुगिसकेका हुन् ।
जसमध्ये १० वटाले लाभांश घोषणा गरि लगानीकर्ताकत्त खातामा पठाउन ठीक्क परेका छन् भने २३ वटा घोषणा गर्न तयार भएर बसेका छन् । घोषणा गर्न तयार २३ मध्ये ८ वटाले अन्तिम स्वीकृति पाउन बाँकी छ, ११ वटा प्रारम्भिक स्वीकृतिको प्रतिक्षामा छन् भने ४ वटाको वार्षिक प्रतिवेदन प्रकाशनका स्वीकृती पाइसकेका हुन् ।
बैंक तथा वित्तीय संस्थाले लाभांश विवरण गर्न तथा साधारण सभा गर्न राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षणमा अन्तिम लेखा परिक्षण गरी वित्तीय विवरण पेश गर्नुपर्ने हुन्छ । साथै, सोअघि वार्षिक प्रतिवेदन सार्वजनिक गर्न समेत राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षणले स्वीकृत गर्नुपर्छ ।
सार्वजनिक वित्तीय विवरणलाई पुनः राष्ट्र बैंक पेश गर्नुपर्छ । सम्बन्धित सुपरिवेक्षण विभागले पेश गरिएका वित्तीय विवरणलाई निरिक्षण गरी प्रारम्भिक स्वीकृत दिन्छ । राष्ट्र बैंकले स्वीकृत गरेपछि मात्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाको सञ्चालक समितिले वार्षिक साधारण सभा तय गर्न पाउँछन् ।
वार्षिक साधारण सभाको गर्ने र आर्जित नाफाबाट सेयर लगानीकर्तालाई दिइने लाभांश समेत घोषणा सञ्चालक समितिले गर्छ । घोषित लाभांश वितरण गर्ने साधारण सभाको मिति तय गर्न राष्ट्र बैंकले अनुमति दिनु पर्ने हुन्छ । त्यसपछि मात्र सम्बन्धित बैंक तथा वित्तीय संस्थाले साधारण सभा बोलाएर लगानीकर्तालाई अघिल्लो आर्थिक वर्षको नाफाबाट घोषित लाभांश वितरण गर्न पाउँछन् ।
अहिले अधिकांश लघुवित्तले अघिल्लो आव २०७६/७७ कै मुनाफाबाट लाभांश वितरण गर्न राष्ट्र बैंकमा स्वीकृतको लागि पाइपलाइनमा बसेका हुन् भने लाभांश घोषणा गर्ने ८ वटैले गत आवसम्मको आर्जित नाफाबाट गरेका हुन् । प्रक्रियामा रहेका अन्य संस्थालाई भने लाभांश वितरण गर्न भने राष्ट्र बैंकले थप अन्य अध्ययन तथा निगरानी गरेर मात्र स्वीकृत दिने स्रोतले बताएको छ ।
हाल ७१ वटा लघुवित्त संस्था सञ्चालनमा छन् । जसमध्ये ४९ वटा नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत छन् । गत आवको आर्जित नाफाबाट लगानीकर्तालाई लाभांश दिन राष्ट्र बैंकले केही शर्तहरू तेर्साएको छ । जसकारणले गर्दा केही लघुवित्तलाई गत आवको नाफाबाट लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक्ने सम्भावना प्रवल रहेको स्रोतले जानकारी दियो ।
यो पनि पढ्नुहोस्ः दर्जन बढी लघुवित्तको लाभांश रोक्का हुँदै, संस्थापक सेयरलाई पब्लिकमा ल्याउन संस्थालाई बाध्यता
लाभांशको वितरणको प्रक्रियामा कुन–कुन लघुवित्त
वार्षिक प्रतिवेदन प्रकाशित गर्नका लागि राष्ट्र बैंकमा अभियान लघुवित्त, घोडाघोडी लघुवित्त, साधना लघुवित्त र डिप्रोक्स लघुवित्त स्वीकृतको पर्खाइमा छन् ।
अघिल्लो आवको वित्तीय विवरण यस आघि नै पेश गरी प्रारम्भिक स्वीकृतको पर्खाइमा ११ लघुवित्त अघिल्लो आवमा आर्जित नाफाबाट लाभांश घोषणा गरी अन्तिम स्वीकृतको पर्खाइमा छन् । जसमा सपोर्ट लघुवित्त, छिमेक, निर्धन, मनकामना स्मार्ट, इन्फिनिटी, विन लघुवित्त, एनएमबी लघुवित्त, उपकार लघुवित्त वित्तीय संस्था हुन् । अन्तिम स्वीकृतको पर्खाइमा समता लघुवित्त, नेरुडे लघुवित्त र उन्नती लघुवित्त संस्था पनि छन् ।
यसैगरी साधारण सभा र लाभांश वितरणको लागि अन्तिम स्वीकृतका लागि ८ वटा लघुवित्त संस्था पर्खाइमा राष्ट्र बैंक लघुवित्त सुपरिवेक्षण विभागमा छन् । जसमा मिरमिरे लघुवित्त, आरएमडीसी लघुवित्त, युनिक लघुवित्त र महिला लघुवित्त संस्था हुन् । साथै, राष्ट्र उत्थान लघुवित्त, स्वस्तिक लघुवित्त, फस्ट माइक्रोफाइनान्स र स्वरोजगार लघुवित्त अन्तिम स्वीकृतिको पखाइमा छन् ।
लाभांश घोषणा गरिसकेका लघुवित्तहरूः
लाभांश वितरणको सम्पूर्ण प्रक्रिया पुर्याइ १० वटा लघुवित्तले लाभांश घोषणा गरिसकेका छन् । जसमा बोनस सेयर र नगद लाभांश गरी ग्लोबल आईएमई २८ प्रतिशत, सबैको लघुवित्तले ३२.६८ प्रतिशत, मेरो माइक्रफाइनान्सले २१.०५ प्रतिशत, आशा लघुवित्तले २६.३१ प्रतिशत, स्वाभिमान लघुवित्तले ३४ प्रतिशत, लक्ष्मी लघुवित्तले २७.३६ प्रतिशत, सिभिल लघुवित्तले २० प्रतिशत, एनआईसी एशिया लघुवित्तले ५.४१ प्रतिशत, आरएसडीसी लघुवित्तले १०.५२६ प्रतिशत र गुराँस लघुवित्तले १७.७७ प्रतिशत लाभांश घोषणा गरिसकेका हुन् ।
नोटः यसअघि ८ लघुवित्तले लाभांश घोषणा गरकेो उल्लेख भएकामा एनआईसी एशिया र आरएसडीसी लघुवित्त छुटेका ।
प्रतिक्रिया दिनुहोस्