काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ८९ हजार ९०० रुपैयाँ कायम भएकोमा बिहीबार ५ सय रुपैयाँले घटेर ९० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, तेजाबी सुन प्रतितोला ८९ हजार ९५० रुपैयाँ कायम भएको छ ।
सुनचाँदी बजारमा दसैं लागेसँगै मूल्य बढ्न थालेकामा बुधबार प्रतितोला ४ सय रूपैयाँ घटेको थियो ।
बिहीबार चाँदीको मूल्य भने १० रूपैयाँले बढेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १७० रुपैयाँ कायम भएको हो ।
प्रतिक्रिया दिनुहोस्