Shikhar Insurance
National Life

मध्य भोटेकोशीको आईपीओः आवेदन दिनेको संख्या पहिलो दिन नै पाउनेको भन्दा बढी, तपाईंले भर्नुभयो ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन २१, बिहीबार ०८:४९
Hyundai
NCELL
NIMB

काठमाडौं । मध्य भोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा पहिलो दिन नै ८ लाख २६ हजार जनाले आवेदन दिएका छन् । सीडीएससीका अननुसार बुधबार साँझसम्म ८ लाख २६ हजार १ सय ७४ जनाले १ अर्ब ३३ करोड ७४ लाख १२ हजा रूपैयाँ बराबरको १ करोड ३३ लाख ७४ हजार १ सय २० कित्ता माग गरेका हुन् ।

आवेदन भएको रकम वितरण गरिनेभन्दा डेढ गुणा हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

आईपीओ खुलेको आज दोस्रो दिन हो ।

कम्पनीले सर्वसाधारणका लागि प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री बुधबारबाट खुला गरेको हो । कम्पनीले कूल ९० करोड बराबरको १ सय रूपैयाँ अङ्कित मूल्यका ९० लाख कित्ता सेयर हिजोदेखि निष्कासनमा ल्याएको हो ।

निष्कासन गरिने कूल ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशत अर्थात् तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको र पाँच प्रतिशत अर्थात् चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने छन् ।

अर्थात् ८ लाख १९ हजार जनाले १०-१० कित्ता सेयर पाउनेछन् । जुन संख्याभन्दा बढीले बुधबार साँझसम्मै आवेदन दिइसकेका छन् ।

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म प्रतिसेयर एक सय रूपैयाँका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने उक्त समयमा माग बमोजिम आवेदन नआए ढिलोमा आगामी कात्तिक ३ सम्म आवेदन दिन सकिनेछ ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।

सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट सेयरमा आवेदन दिन सक्नेछन् । साथै अनलाइनमार्फत ‘मेरो सेयर’ प्रयोग गरेर पनि सेयरका लागि आवेदन दिन कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकले जनाएको छ ।

कम्पनीले यसअघि कर्मचारी सञ्चयकोषमा सञ्चय गर्ने सञ्चयकर्ता कर्मचारी, संस्थापक सेयरधनी संस्थाका कर्मचारी र आयोजना प्रभावित तथा सिन्धुपाल्चोक जिल्लाका स्थानीय बासिन्दाका लागि गरिएको निष्कासनमा आवेदन दिई बाँडफाँटमा परेका सेयरधनीले यस निष्कासनमा पुनः आवेदन दिएमा आवेदन रद्द हुने उल्लेख गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्