Shikhar Insurance
National Life

लाभांश प्रस्ताव पारित गर्न युनिलिभरले बोलायो साधारणसभा

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार १९:१४
Hyundai
NCELL
NIMB

काठमाडौं । युनिलिभर नेपालले लाभांश प्रस्ताव पारित गर्न २८औँ साधारणसभा बोलाएको छ । सञ्चालक समितिले सिफारिस गरे बमोजिम प्रतिसेयर ६५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कम्पनीले ११ कात्तिकमा वार्षिक साधारणसभा आह्वान गरेको हो ।

सभाले कम्पनीको परियोजनामा लागेको खर्चको विषयमा छलफल हुनेछ । सेयरधनीको प्रतिनिधित्व गर्ने निर्देशक नियुक्त गर्ने लगायतका प्रस्ताव पनि सभाले पारित गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले साधारणसभा प्रयोजनमा लागि २५असोजदेखि ११ कात्तिकसम्म बुकक्लोज गर्ने जनाएको छ। कम्पनीले दिने उक्त लाभांश प्राप्त गर्न २४ असोजसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीले मात्रै सभामा सहभागिता जनाउन सक्नेछन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्