Shikhar Insurance
National Life

लगानीकर्ता संघ तथा निजी क्षेत्रको क्याम्पेनिङ र भिष्मराजको बर्खास्तीपछि लगातार दोस्रो दिन बढ्यो सेयर बजार

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार १८:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेप्से परिसूचक बुधबार पनि बढेको छ । मंगलबार बढेको सेयर बजार बुधबार पनि सोही बाटोमा लागेको हो ।

लगानीकर्ता तथा निजी क्षेत्रका छाता संगठनहरूको प्रेस विज्ञप्तिसँगै हिजोदेखि बढ्न थालेको सेयर बजार नेपाल धितोपत्र बोर्डको नेतृत्वबाट भिष्मराज ढुंगानालाई बर्खास्त गरेपछि बढ्नमा टेवा पुगेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

निरन्तर घटिरहेको सेयर बजारका लगानीकर्ता यी दुई खबरसँगै सूचीकृत कम्पनीले धमाधम लाभांश घोषणा गर्दा थप उत्साहित भएका छन् ।

साताको चौथो कारोबारको दिन बुधबार सेयर बजारमा चमक देखिएको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार बुधबार सेयर कारोबार मापक नेप्से परिसूचक ६८.४७ अंकले बढेर २६८१.१० अंकमा पुगेको छ । नेप्से २.६२ प्रतिशतले बढेको हो । यस्तै, सेन्सेटिभ परिसूचक १२.७२ अंकले बढेर ५०४.७३ मा पुगेको छ ।

बुधबार कूल २२७ वटा कम्पनीको ८१ लाख ८९ हजार ८ सय ९० कित्ता सेयर खरिदबिक्री हुँदा ४ अर्ब ५० करोड ६ लाख ५८ हजार १४२ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । अघिल्लो दिन मंगलबार २ अर्ब मात्र कारोबार भएकोमा बुधबार बढेको छ । सोमबार ३ अर्ब ६२ करोड ७७ लाख बराबरको कारोबार भएको थियो ।

त्यस्तै, बुधबार सिटिजन्स बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको २३ करोड ४ लाख रूपैयाँको कारोबार भएको हो । नेप्से परिसूचक दोहोरो अंकले बढ्दा कारोबार भएका १३ वटै उपसमूह उकालो लागेको छ । सबैभन्दा धेरै फाइनान्स समूह र लघुवित्त समूह बढेको छ । बुधबार सर्वाधिक कारोबार हुने र सर्वाधिक नाफा कमाउने दुवैमा लघुवित्त अगाडि छ ।

बुधबार १० कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सर्किट लाग्ने कम्पनीमा अधिकांश लघुवित्तहरू छन् । बुधबार सेयरमूल्यमा उच्च वृद्धि हुने कम्पनीहरूमा बेष्ट फाइनान्स, प्रोग्रेसिभ फाइनान्स, ग्रामिण विकास, नयाँ सारथीलगायत रहेका छन् ।  त्यसैगरी, बुधबार रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा धेरै गुमाएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्