Shikhar Insurance
National Life

ब्याजदर बढ्न नदिन बैंकहरुलाई २० अर्ब रुपैयाँ सापटी दिँदै राष्ट्र बैंक

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार ११:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । राष्ट्र बैंकले रिपोमार्फत् २० अर्ब रुपैयाँ सापटी बैंकहरुलाई सापटी दिने भएको छ । अन्तर बैंक सापटी कारोबारको ब्याजदर बढेको भन्दै केन्द्रीय बैंकले १४ दिनको लागि बजारमा पैसा पठाउन लागेको हो ।

गर्जो टार्न बैंकहरुले आपसी सापटी कारोबार बढाएसँगै ब्याजदर ५ प्रतिशतको हाराहारीमा पुगेको छ । अन्तरबैंक ब्याजदरलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले बजारमा तरलता पठाउन लागेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘ब्याजदर करिडोर अन्तरगत अन्तर बैंक ब्याजदर ५ प्रतिशत माथि नहुने भनिएको हुँदा व्यवस्थापनको लागि तरलता बजार पठाउन लागिएको हो,’ प्रवक्ता ढकालले सिंहदरबारलाई भने ।

संस्थामा दैनिक गर्जा टार्ने पैसाको नै अभाव हुँदै गएपछि बैंकहरुले पछिल्लो समय अन्तर बैंक कारोबार बढाइरहेका छन् । निश्चित ब्याजदरमा एक बैंकले अर्को बैंकसँग ७ दिनको लागि सापटी लिन पाउने सुविधा राष्ट्र बैंकले दिएको छ ।

हाल बैंकिङ प्रणालीमा २१ अर्ब रुपैयाँमा तरलता मौज्दात छ । यसअघि नै १३ अर्ब रुपैयाँ राष्ट्र बैंकले एक साताको लागि तरलता प्रवाह गरिसकको हो । जसमा बैंकहरुले ६१ अर्ब रुपैयाँको माग गरेका थिए भने, रिपोको औषत ब्याजदर ५ प्रतिशत हुँदा पनि यसअघि ४.९६ प्रतिशत ब्याजदरमा पैसा बैंकहरुले लागेका थिए ।

राष्ट्र बैंकले तरलता प्रवाह गर्दा पनि प्रणालीमा प्रयाप्त तरलता नहुँदा आपसी सापटी कारोबारको माग बढ्दा ब्याजदर ५ प्रतिशत माथि पुग्ने अवस्था आएको हो । जसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले २० अर्ब रुपैयाँ बराबरको रिपो जारी गर्ने भएको हो ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्