Shikhar Insurance
National Life

८ लाखलाई १० कित्ता पर्ने मध्य भोटेकोशीको आईपीओमा आवेदन खुल्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन २०, बुधबार ०९:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । मध्यभोटेकोशी जलविद्युत् कम्पनीको आईपीओमा आवेदन खुलेको छ । कम्पनीले कूल ९० करोड रुपैयाँ बराबरको ९० लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो ।

कूल निष्काशन हुने ९० लाख कित्ता सेयरमध्ये चार प्रतिशतले हुने तीन लाख ६० हजार कित्ता सेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने पाँच प्रतिशतले हुने चार लाख ५० हजार कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहने ८१ लाख ९० हजार कित्ता साधारण सेयर सर्वसाधारणलाई निष्कासन गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

१०–१० कित्ताका दरले यो आईपीओ ८ लाख १९ हजार जनाले पाउनेछन् । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सेयर प्रतिसेयर एक सयका दरले असोज २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी नदीमा कूल १०२ मेगावाटको आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित लागत करिब १६ अर्ब ९७ करोड ३२ लाख १८ हजार र प्रतिमेगावाट अनुमानित लागत १६ करोड ६४ लाख चार हजार १०१ रुपैयाँ हुने कम्पनीले सार्वजनिक गरेको विवरणपत्रमा उल्लेख गरिएको छ ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल र सह निष्कासन तथा बिक्री प्रबन्धकहरु एनआइबिएल एस क्यापिटल, प्रभु क्यापिटल, लक्ष्मी क्यापिटल, सिभिल क्यापिटल, सानिमा क्यापिटल र सिविआइएल क्यापिटल रहेका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्