Shikhar Insurance
National Life

बिहीबार मन्त्रीपरिषद् विस्तार हुँदै : टुंगियो भागबण्डा, मन्त्री बन्न दौडधुप सुरु

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १९:३०
Hyundai
NCELL
NIMB

काठमाडौं । बिहिबार मन्त्रीपरिषद विस्तार हुने भएको छ । सत्ता साझेदार दलहरुबीच मन्त्रालय भागबण्डामा समझदारी बनेसँगै मन्त्रिपरिषद विस्तार हुने पक्का भएको हो ।

श्रोतका अनुसार मंगलबार सत्तारुढ दलहरुबीच मन्त्रालयको संख्या टुंगो लागेको हो । ‘बीचमा केहि भएन भने बिहिबार मन्त्रीमण्डल विस्तार हुन्छ, आज मन्त्रालयको भागबण्डा सकिएको छ ।’, उच्च श्रोतले भन्यो । भागबण्डा टुंगो लागेसँगै अब मन्त्री बन्नेहरुको दौडधुप तिब्र बनिसकेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संविधान अनुसार प्रधानमन्त्रीसहित २५ सदस्ययी मन्त्रिमण्डल गठन गर्न सकिन्छ । हाल २२ मन्त्रालय छन् जसमध्ये प्रधानमन्त्रीसहित ६ जनाले जिम्मेवारी सम्हालिरहेका छन् । काँग्रेसले गृह, पर राष्ट्र र कानुन मन्त्रालयमा मन्त्री पठाईसकेको छ । माओवादी केन्द्रले अर्थ र उर्जा मन्त्रालयको जिम्मेवारी लिईसकेको छ । काँग्रेसले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरिसकेको छ ।

अब अधितम १८ जना मन्त्री नियुक्त गर्न सकिन्छ । १८ मध्ये नेकपा(एकिकृत समाजवादी) र जनता समाजवादी पार्टीले पाँच पाँच वटा मन्त्रालय पाउने भएका छन् । माधव नेपालको पार्टीलाई उप सभामुख दिने समझदारी पनि बनेको छ । माओवादी केन्द्रले ६ मन्त्रालय पाउने छ भने बाँकी मन्त्रालय काँग्रेसको भागमा परेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्