Shikhar Insurance
National Life

‘अस्वभाविक गिरावट’ भन्दै चेम्बरले पनि निकाल्यो प्रेस विज्ञप्ति, बढ्न लागेकै हो सेयर बजार ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १३:३५
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले पनि सेयर बजारबारे प्रेस विज्ञप्ति निकालेको छ । नेपाल इन्भेस्टर्स फोरम, नेपाल उद्योग वाणिज्य महासंघले निकालेको भोलिपल्टै चेम्बरले पनि सेयर बजार घटेको बारे चिन्ता जनाएको छ ।

नेप्से परिब ७ सय अंकले घटिसकेपछि यी संस्था तातेका हुन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

चेम्बरले नेपालको पुँजीबजारमा हालै देखिएको अस्वाभाविक गिरावट प्रति नेपाल चेम्वर अफ कमर्सको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेका छ । दैनिक २०/२१ अर्बको कारोबार भई ४२ खर्ब बढीको पुँजीकरण भई नेप्से परिसुचक इन्डेक्स ३२१७ को हाराहारी पुगिसकेको बजार हाल आएर करिव ४ अर्बको कारोबार र लगभग ६ सय ५० अंक तथा पुँजीकरणमा आएको गिरावट सँगै लगानीकर्ताले अर्बौ रकम गुमाउन पुगेको चेम्बरको ठहर छ ।

चेम्बरले १६ बुँदामा सुझाव पनि दिएको छ ।

यसरी व्यवसायीहरुको संघसंस्थाबाट प्रेस रिलिज आइरहँदा जानकारहरुले भने बजार बढ्ने संकेत आएको बताएका छन् । विशेष गरी बजारमा चलखेल गर्न जान्नेहरु सेयर बजार बढाउने खेलमा लागेको उनीहरुको बुझाइ छ ।

घटेर तल्लो बिन्दुमा आइपुगेको सेयर बजारबाट सेयर हरु किनेर अब बढाउने तरखर सुरु भएको आरोप उनीहरुको छ । सेयर बजारलाई नजीकबाट नियाल्ने लगानीकर्तासेमेत रहेका एक जानकारले फेसबुकमा घुमाउरो भाषामा लेखेका छन्, “बजारको माहोलले खरिद कार्य सम्पन्न भएको जनाउ दिए जस्तो छ ।”

मंगलबार साढे १ बजेसम्म नेप्से परिसूचकमा ३७ अंकको सुधार आइसकेको छ भने १ अर्ब ७५ करोड रूपैयाँको सेयर किनबेच भएको छ ।

 

यस्तो छ, चेम्बरको प्रेस विज्ञप्तिः

 

GBIME

प्रतिक्रिया दिनुहोस्