Shikhar Insurance
National Life

लुजा मेक अप स्टुडियोमा सिटिजन्स बैंकका ग्राहकलाई विशेष छुट

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार ११:४५
Hyundai
NCELL
NIMB

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल र पुतलिसडकस्थित लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरबीच सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सम्झौतापछि सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्डवाहक ग्राहक एवं कर्मचारीहरुले लुजा मेक अप स्टुडियो एण्ड स्किन केयरका विभिन्न सेवाहरुमा विषेशछुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हालसम्म बैंकको डेबिट कार्ड नभएका ग्राहकहरुको लागी समेत घरमै बसी निः शुल्क मोबाइल बैकिङ्ग मार्फत डेबिट कार्ड को लागी आवेदन दर्ता गर्न सक्ने व्यवस्था मिलाएको छ । मोबाइल बैकिङ्ग मार्फत खानेपानी, विजुली तथा इन्टरनेटको बिल भुक्तानी, प्रिपेड तथा पोष्टपेड मोबाइल बिल भुक्तानी, र मुद्दती खाताको आवेदन दिन सक्ने लगायतका व्यवस्था समेत गरेको जानकारी बैंकले गराएको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८३ वटा शाखा, १२१ वटा ए.टि.एम. र १११ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव साढे १२ लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्