Shikhar Insurance
National Life

किन पक्राउ परे इच्छाराज तामाङ ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १९, मंगलवार १०:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । निक्षेपकर्ताको करोडौं रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङसहितलाई प्रहरीले कहीबेरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने भएको छ ।

सिभिल सहकारीको निक्षेप ठगी गरेको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले पक्राउ गरेका तामाङ र उक्त सहकारीका अध्यक्ष केशवलाल श्रेष्ठसहितका १२ जनालाई बिहान ११ बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्न लागिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सिआइबीका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकुमार महतोले ठगीको विस्तृत विवरण पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिने जानकारी दिए । ‘सोमबार बेलुकी पक्राउ गरियो, बयान लिन पाइएकै छैन’ महत्तोले भने, ‘आज पत्रकार सम्मेलन गरेर प्रारम्भिक विवरण सार्वजनिक गर्छौं बाँकी अनुसन्धान जारी रहन्छ ।’ उनीहरू सिआइबीकै नियन्त्रणमा छन् ।

पक्राउ पर्ने तामाङ र श्रेष्ठ नाताले भाञ्जीज्वाइँ र मामाससुरा हुन्। श्रेष्ठ सिभिल होम्सका सञ्चालक समेत हुन् । तामाङ संविधान सभामा एमालेका तर्फबाट सभासद पनि थिए । उनीहरूविरूद्ध निक्षेपकर्ताहरूले ४६ करोड रुपैयाँ ठगीको जाहेरी दिएपछि पक्राउ गरिएको ब्युरोले जनाएको छ ।

तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ । सिभिलले आठ अर्ब ३५ करोड १० लाख ८०० रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेकोमा सात अर्ब रुपैयाँभन्दा बढी तामाङ आफैंले कर्जा लिएको खुलेको छ ।

निक्षेपकर्ताको लामो प्रयासपछि उनीहरू पक्राउ परेका हुन् । साढे तीन हजार बढी बचतकर्ताको विचल्ली बनाएर तामाङ र श्रेष्ठ कहिले अमेरिका त कहिले कुन देशमा लुकेर बस्ने गरेको निक्षेपकर्ताकाले बताएका छन् ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्