Shikhar Insurance
National Life

५ सातादेखि सेयर बजार घट्नुको ५ कारण औंल्याउँदै महासंघले भन्योः विवेकपूर्ण लगानी गर्नुस्

‘नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतारचढाव’
सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १९:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल उद्योग व्यवसायी महासंघले सेयर कारोबार संलग्न सबैलाई विवेकपूर्ण लगानी गर्न आह्वान गरेको छ । पुँजी बजारमा जोखिम पनि रहने हुँदा लगानीकर्तालाई आफूले कारोबार गर्न खोजेको कम्पनी बारेको वित्तीय लगायतका आवश्यक जानकारी हासिल गरी विवेकपूर्ण लगानी गर्न महासंघको ले आग्रह गरेको हो ।

पुँजीबजार सम्बन्धी नीति नियम बनाउँदा सरोकारवालासँग छलफल र विमर्श गर्न महासंघले आह्वान गरेको छ । साथै, संस्थागत लगानीकर्ताको संख्या विस्तार पनि आवश्यक रहेको महासंघको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कोभिड १९ महामारी र त्यसलाई नियन्त्रण गर्न लगाइएको बन्दाबन्दीका कारण अर्थतन्त्रमा नकारात्मक असर परेतापनि नेपालको पुँजी बजार भने यस अवधिमा गतिशील थियो । सो अवधिमा पुँजीबजारको इतिहासमा सरकारले सर्वाधिक राजस्वसमेत प्राप्त गरेको थियो । महासंघले भनेको छ, “आम लगानीकर्ताको पुँजी बजारप्रतिको विस्वास बढायो जुन अर्थतन्त्रका लागि सकारात्मक पक्ष हो ।”

बजारमा प्रविधिको प्रयोग र बैंक वित्तिय संस्थामा अधिक तरलता रहँदा धेरै लगानीकर्ताले अवसर पाए । अहिले डिम्याट खाता खोल्ने लगानीकर्ताको संख्या नै करिब ४५ लाख नाघ्नुले यसतर्फको आकर्षण बढ्दै गएको महासंघको ठहर छ ।

महासंघले केही समय यताको नीतिगत अस्थिरताका कारण पनि पुँजीबजारमा उतारचढाव आएको महसुस गरेको छ ।

मूलतः अर्थतन्त्रको अवस्था र लगानीकर्ताको मनोविज्ञानले प्रभाव पार्ने बजारको स्वच्छ स्वस्थ र प्रतिष्पर्धी विस्तार एवं विकासका लागि नीतिगत स्थायित्व र प्रष्टता आवश्यक रहन्छ । तर, मूल्य जस्तो संवेदनशील विषयमा अन्य निकायहरुको हस्तक्षेप हुनु, बैंक तथा वित्तीय र बीमा कम्पनीहरुको लगानी सीमालाई संकुचन गरिनु, सेयर धितो कर्जामा लगाइएको एकल ग्राहक कर्जा सीमा तोक्नु, सूचिकृत कम्पनीले आफ्नो आवश्कता अनुसार हकप्रद तथा अन्य विधिबाट पूँजी संकलन गर्न रोक लगाउनु, विद्युत नियमन आयोगबाट संस्थागत लगानीकर्ताले खरीद बिक्री गर्दा १५ दिन अगाडि नै स्वघोषणा गर्नु पर्ने व्यवस्था जस्ता विभिन्न नीतिगत परिवर्तनको कारण सेयरबजारमा असर परेको महासंघको ठहर छ ।

“सेयर बजार परिसूचक घटबढ हुने क्रममा भदौ पहिलो साता यता समग्रमा पुँजी बजार ओरालो लागेको देखिन्छ । यसले आम लगानीकर्तालाई समेत सशंकित बनाएको देखिन्छ,” महासंघले भनेको छ, “उक्त नीतिगत व्यवस्थाहरुको तत्काल संशोधन एवं परिमार्जन गर्नुपर्ने सम्बन्धित व्यवसायीहरुको माग रहेको छ ।”

महासंघले बजार व्यवस्थित बनाउन आवश्यक अन्य नीतिगत व्यवस्था, पर्याप्त सूचना प्रवाह हुने संयन्त्रको निर्माण, प्रविधिको उच्चतम प्रयोग र नयाँ लगानीका साधन एवं उपकरण बढाउन पनि महासंघ सम्बन्धित निकायसमक्ष माग गरेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्