Shikhar Insurance
National Life

दसैंमा टेलिकमको यस्तो अफरः डेटा र भ्वाइस प्याक थप सस्तो, रिचार्ज गर्दा बोनस

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १६:०१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल टेलिकमले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी नयाँ डाटा र भ्वाइस प्याक तथा रिचार्ज गर्दा बोनस सहितको अफर ल्याएको छ । असोज १९ गतेदेखि विभिन्न प्याक तथा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको हो ।

अफरहरु दशैंका अवसरमा कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ । यसैगरी महत्वपूर्ण पर्वहरु तिहार, न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुनेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

डाटा प्याक अन्तर्गत रु. २९४ मा २० जीबी डाटा १० दिनभित्र र रु. ९८ मा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ । त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक रु. ६९ मा उपलब्ध हुनेछ ।

भ्वाइस सेवा अन्तर्गत रु. २५ मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, रु. ४० मा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र रु. ५०० मा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ । यी प्याकहरु जुनसुकै समय प्रयोग गर्न सकिन्छ ।

यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने छ । रु. २०० देखि रु. ४९९ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र रु. ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्