काठमाडौं । साताको दोस्रो दिन पनि सेयर बजार घटेको छ । अघिल्लो दिन ५६ अंकले घटेको नेप्से परिसूचक सोमबार ६.६८ अंकले घटेको हो ।
नेप्से ०.२६ प्रतिशतले ओर्लिएर २५७०.८१ अंकमा पुग्दा कारोबार रकम पनि खुम्चिएको छ । बजारमा ७६ लाख कित्ता सेयरमात्र किनबेच भए । ४८ हजार कारोबारमार्फत ३ अर्ब ६२ करोड रूपैयाँको सेयर कारोबार भएको छ ।
कारोबार सुरू भएदेखि नै घटेको नेप्से केही बढ्ने प्रयत्न गरेको थियो । तर, अन्त्यमा ऋणात्मक बनेको हो ।
अघिल्लो दिन ४ अर्ब ११ करोड रूपैयाँको सेयर किनबेच भएको थियो ।
प्रतिक्रिया दिनुहोस्