Shikhar Insurance
National Life

दसैंको अवसरः प्रभु क्यापिटलको डबल धमाका अफर, १ रूपैयाँमा डिम्याट खाता खोल्दा लाभैलाभ

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १४:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । २०७८ सालको बडा दशैं, तिहार तथा छठपर्वको उपलक्ष्यमा प्रभु क्यापिटलले आफ्ना ग्राहकहरुलाई लक्षित गर्दै नयाँ अफर ल्याएको छ । क्यापिटलले डबल धमाका अफर ल्याएको हो जसमा लाभैलाभ पाइने बताइएको छ ।

योजनाअनुसार प्रभु क्यापिटलमा दैनिक १ रुपैयाँमा डिम्याट खाता खोलेर निःशुल्क सेयर बजार सम्बन्धी तालिम लिन सकिन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रभु क्यापिटलमा दैनिक डिम्याट खाता खोल्ने मध्ये भाग्यमानी १० जना ग्राहकहरुलाई यो योजना अन्तरगत छनौट गरिनेछ । यसरी छनौट भएका भाग्यमानी ग्राहकहरुलाई खाता खोलीसके पछि रु. १९९ मा २५ प्रतिशत टिडिएस कट्टि गरी बाँकी रकम ग्राहकको वालेटमा फिर्ता गरिनेछ ।

साथै यसरी दैनिक छनौट भएका १० जना भाग्यमानी ग्राहकहरुलाई प्रत्येक साता शनिबारको दिन पारेर साताभरीबाट छनौट भएको ७० जना ग्राहकहरुलाई सेयर बजारसम्बन्धी आधारभुत तालिम प्रदान गरिनेछ । जसमा नेपालको सेयर बजारसम्बन्धी महत्वपूर्ण जानकारी सहित बेसिक फन्डामेन्ट तथा टेक्निकल विश्लेषण, सेकेन्डरी बजारमा कारोबार गर्दा ध्यान दिनुपर्ने विषय सम्बन्धी विषयवस्तुहरु रहनेछन । यस्तो तालिम २ घण्टा देखि ३ घण्टाको हुनेछ ।

योजनामा नयाँ डिम्याट खाता खोल्न चाहने ग्राहकले भौतिक फारम भरेर तथा प्रभु क्यापिटलको वेवसाइटबाट अनलाइनमाध्यमबाट डिम्याट खाताको लागि आवेदन दिनुपर्नेछ । रकम फिर्ता लिनको लागि ग्राहकले इसेवा, प्रभु पे, आइएमई पे लगायत स्वीकृत प्राप्त कुनै पनि वालेट प्रदान गर्नुपर्नेछ ।

यो योजनाको अवधि असोज १८ गते देखि कार्तिक २५ गते सम्म हुनेछ । यो योजनाको अन्त्यमा योजना अवधिभरी खुलेका सबै डिम्याटहरु मध्येबाट भाग्यमानी २० जनालाई प्रभु क्यापिटलले प्रदान गर्ने पीएमएसको कुनै पनि योजनामा वार्षिक शुल्क निःशुल्क रहनेछ । दैनिक विजेताहरुको सूची १ दिन पछि प्रभु क्यापिटलको फेसबुक पेज तथा भाइबर कम्युनिटीमार्फत सार्वजनिक गरिने प्रभु क्यापिटलले जनाएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्