Shikhar Insurance
National Life

प्यान्डोरा पेपर्स पाकिस्तानः ट्याक्स हेभन देशमा अर्थमन्त्रीसहित ७०० जनाको कारोवार

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार १३:३०
Hyundai
NCELL
NIMB

एजेन्सी । गैरकानूनी रूपमा आर्जन गरेको धन लुकाउन सजिलो मानिने ‘ट्याक्स हेभन’ देशमा पाकिस्तानका सात सय जनाले ‘अफशोर कम्पनी’ मा कारोवार गरेको सार्वजनिक भएको छ । अमेरिकाको वासिंगटन डीसीस्थित अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको सञ्जाल ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट’ (आईसीआईजे) ले देशबाहिर कर छल्ने हिसाबले स्थापना गरिएका अफशोर कम्पनीको दस्तावेज प्यान्डोरा पेपर्सले यस्तो सार्वजनिक गरेको हो ।

गैरकानुनी ढंगले सम्पत्ति लुकाउनेमा अर्थमन्त्री शौकात तरिन, सिनेटर फैसल भाउदा, पाकिस्तान मुस्लिम लीग–क्वूका नेता चौधरी मुनिस इलाही, उद्योगमन्त्रीका परिवार, पीटीआई नेता अब्दुल अलिम खानसहित सात सय जनाको नाम उल्लेख छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले वारम्वार नयाँ पाकिस्तान बनाउने बताउँदै आएका छन् । तर, प्रधानमन्त्री इमरान खानकै भित्री वृत्तका मानिस र सरकारका मन्त्रीहरु पान्डोरा पेपर्समा मुछिएका छन् ।

आईसीआईजेको सूचीमा सेनाका केही सदस्य र ठूलो संख्यामा उद्योगी रहेको जनाइएको छ । आईसीआईजेको तर्फबाट पाकिस्तानका खोज पत्रकार उमर चिमा र फकहर दुरानी पनि अनुसन्धानमा सहभागी थिए ।

नेपालका भने १६ जनामात्र यस्तो कारोबारमा मुछिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्