Shikhar Insurance
National Life

६ दिन टिचिङ अस्पताल बसेर घर फर्किए माधव नेपाल

सिंहदरबार संवाददाता
२०७८ आश्विन १८, सोमबार ११:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल अस्पतालबाट डिस्चार्ज भएका छन् ।
रुघाखोकी र ज्वरो आएपछि अध्यक्ष नेपाल असोज १३ गते टिचिङ अस्पताल भर्ना भएका थिए ।

६ दिनको उपचारपछि अध्यक्ष नेपाल घर फर्किएको उनको सचिवालयले जानकारी दिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अस्पतालबाट फर्किएको जानकारी 
स्वास्थ्यमा केही समस्या आई २०७८ असोज १३ गते बेलुकी त्रि।वि। शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएका नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू स्वास्थ्यलाभ गरी आज घर फर्किनुभएको छ ।स्वास्थ्य संवेदनशीलताका कारण चिकित्सकको सल्लाह अनुसार केही दिन घरमै आराम गर्ने कुरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।
२०७८ असोज १८ गते विहान १०:३० बजे
नीजि सचिवालय

GBIME

प्रतिक्रिया दिनुहोस्