Shikhar Insurance
National Life

नेपालका ठूला व्यवसायिक घरानाको नाम समेटिएको प्यान्डोरा पेपर सार्वजनिक हुँदै

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार २०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । पानामा पेपर्स सार्वजनिक भएको ५ वर्षपछि पानामा पेपर्सभन्दा पनि शक्तिशाली र हालसम्मकै सबैभन्दा महंगो प्यान्डोरा पेपर्स आझ राती सार्वजनिक हुँदैछ । खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय कन्सोर्टियम आईसीआईजेले प्यान्डोरा पेपर्स नामको अवैध धन आर्जन र कारोबारको अर्को ठूलो खुलासा गर्न लागेको हो ।

यो डकुमेन्ट बनाउन विश्वका १ सय १७ देशका ६०० जनाभन्दा बढी खोज पत्रकारले करोडौं फाइल अध्ययन गरेका थिए । ती फाइल अवैध धन आर्जन र आर्थिक कारोबारसँग जोडिएको थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपालमा खोज पत्रकारिता केन्द्रले ११ महिना अध्ययन गरेको थियो । जसमा ठूलो औद्योगिक तथा व्यावसायिक घरानाको कालोधनबारे पत्ता लागेको छ । प्यान्डोरा पेपर्समा नेपालका ठूला बिजनेसम्यानहरूले कुनकुन ट्याक्स हेभेन मुलुकमा लगानी गरेको छन् भन्ने उल्लेख भएको बताइएको छ ।

प्यान्डोरा पेपर्समा नेपालको ठूलो भनाउँदो पारिवारिक घराना तथा बिजनेस पार्टनर मिलेर अवैध धन आर्जन गरेको तथा कहाँ लगानी गरेको खुलाइएको छ । उनीहरूले फर्जी कम्पनी (पेपर कम्पनी) बनाइ ट्याक्स हेभेन मुलुकमा लगानी गरेको पेपरमा खुलाइएको छ । प्यान्डोरा पेपर्स आज राती १०:१५ बजे सार्वजनिक हुँदैछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्