Shikhar Insurance
National Life

सनराइजको १४ औं वार्षिकोत्सव अवसरमा रक्तदान कार्यक्रम

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १८:२३
Hyundai
NCELL
NIMB

काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीवन सुरक्षाको लागि भन्ने नाराको साथ बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो ।

बैंकले आयोजना गरेको सो कार्यक्रममा २५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको महान चाड दशैंमा मानिसहरु किनमेल, भ्रमण आदिमा व्यस्त रहने र उक्त समयमा हुन सक्ने रगत अभावलाइ परिपूर्ति गर्न यस रक्तदान कार्यक्रमले मद्दत पुर्‍याउने बैंकको विश्वास छ । दशैं र बैंकको १४औं वार्षिकोत्सवको अवसरमा सर्वाधिक १०.०७ प्रतिशत ब्याज प्रदान गर्दै आएको यस बैंकले वातावरण, स्वास्थ्य, सरसफाई, आदि क्षेत्रमा यस महिना भर विभिन्न कार्यक्रम गरी सहयोग पुर्‍याउने योजना रहेको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance
GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्