Shikhar Insurance
National Life

५६ अंकले ओर्लिएर २५७७ मा आइपुग्यो नेप्से, सेयर बजार घट्ने क्रम जारी

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १५:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । सेयर बजार ओरालो लाग्ने क्रमले आइतबार पनि निरन्तरता पाएको छ । साताको पहिलो दिन नेप्से परिसूचक करिब ५६ अंकले घटेर २५ अंकको लाइनमा आएको हो ।

३३ सय अंक नजिक पुगेको नेप्से पछिल्लो समय तीब्र गतिमा ‌ओर्लिने क्रममा छ । दैनिक ५० अंकको गिरावट आउँदै सेयर बजारले लगानीकर्तालाई प्यानिक बनाउन थालेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेपाल राष्ट्र बैंकको ४/१२ करोडको सेयर धितो कर्जा सीमा, बजारमा लगानीयोग्य रकमको अभाव, नजिकिँदो चाडपर्वका कारण सस्तैमा सेयर बेचेर लगानीकर्ता बाहिरिने क्रममा छन् ।

सोही क्रममा नेप्से आइतबार ५५.९३ अंकले ओर्लिएर २५७७.४९ अंकमा आइपुगेको छ । बजार २.१२ प्रतिशतले घट्दा बजारमा ८९ लाख कित्ता सेयर ४ अर्ब ११ करोड रूपैयाँमा किनबेच भएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्