काठमाडौं । कवी तथा व्यवसायी बसन्त चौधरीको दुबईमा ओपन हार्ट सर्जरी गरिएको छ । चौधरीको मुटुको शल्यक्रिया दुबईस्थित अमेरिकन हस्पिटलमा मुटुको शल्यक्रिया भएको हो ।
चौधरीलाई अहिले ‘पोस्ट अपरेटिङ केयर’मा राखिएको छ ।
दुवई भ्रमणमा रहेको चौधरीलाई १ साता अघि मुटुमा समस्या देखिएपछि उनको मुटुको एन्जियोग्राफी गरिएको थियो । चौधरीलाई असोज ८ गते स्वास्थ्यमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।
उपचारको क्रममा सामान्य खालको हृदयाघात भएको र मुटुको धमनीमा समेत समस्या देखिएपछि चिकित्सकहरुले शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका थिए ।
प्रतिक्रिया दिनुहोस्