Shikhar Insurance
National Life

१८ महिनादेखि बन्द बेलहिया नाका खुल्यो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार १४:५९
Hyundai
NCELL
NIMB

बुटवल । नेपाल–भारत सीमानाका बेलहिया खुलेको छ । कोरोना महामारीका कारण १८ महिनाअघि बन्द भएको यो नाका आइतबारदेखि खुलेको हो । १० चैत ०७६ देखि बन्द रहेको नाकाबाट अब सवारीसाधन सहजै आउन जान सक्नेछन् ।

५ असोजकै मन्त्रिपरिषद् बैठकले नाका खुलाउने निर्णय गरे पनि जिल्ला प्रशासनमा पत्र नआएका कारण बन्द रहँदै आएको थियो । पत्र आएलगत्तै नाका खुलेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताए । आइतबारदेखि नै भारतबाट आउने र नेपालबाट जाने सवारीसधान सहज रुपमा चल्न थालेका छन् । नाका खुला भए पनि नेपाल आउने यात्रु र पर्यटकले भने स्वास्थ्य मापदण्ड पालना गर्नुपर्छ । प्रमुख जिल्ला अधिकारी तिवारीले नेपाली यात्रुको हकमा सीमामै सामान्य स्वास्थ्य परीक्षण गरिने र कोभिडको शंका लागे सीमामै एन्टीजेन परीक्षण गरिने बताए । एन्टीजेनमा पोजिटिभ देखिएकालाई पिसिआर परीक्षण गरेर नतिजाअनुसार व्यवस्थापन गर्ने उनले बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भारतबाट नेपाल आउने यात्रु र पर्यटकले ७२ घण्टे पिसिआर रिपोर्ट देखाएपछि फाराम भरेर सहजै प्रवेश पाउँछन् । सीमामा भारतीयलाई पूर्ण खोप अनिवार्य छैन । तर, तेस्रो मुलुकका पर्यटकको हकमा ७२ घण्टे पिसिआर रिपोर्टसहित कोभिडविरुद्धको पूर्ण खोप लगाएको कागजात आवश्यक पर्ने प्रजिअ तिवारीले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्