Shikhar Insurance
National Life

प्रभु बैंकले आजदेखि संस्थापक सेयर लिलामी बिक्री गर्दै, यसरी दिनुस् आवेदन

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार ११:०३
Hyundai
NCELL
NIMB

काठमाडौं । प्रभु बैंकले आज आइतबारदेखि संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ४ लाख ९७ हजार ८११ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।

संस्थापक सेयरको प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । यसमा लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी जनाउन सक्नेछन् । यसमा बैंकका संस्थापक सेयरधनी, व्यक्ति तथा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । यसमा आवेदकले २५ असोजसम्म आवेदन दिन सकिनेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आवेदकले प्रभु क्यापिटल कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेस गर्नुपर्नेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्