Shikhar Insurance
National Life

साहस उर्जाको आईपीओ बाडफाँट, तपाईलाई पर्यो ?

सिंहदरबार संवाददाता
२०७८ आश्विन १७, आईतवार ०९:५८
Hyundai
NCELL
NIMB

काठमाडौं । साहस उर्जा कम्पनीको आइपीओ बाडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलका अनुसार ६ लाख ४४ हजार जना आवेदकले १०–१० कित्ताका दरले शेयर पाएका छन् ।

कुल २३ लाख ९५ हजार ४ सय ५६ जनाले आबेदन दिएकामध्ये १८ लाख बढीको हात हाली भएको हो । आईपीओका ११ हजार ९ सय ९६ आवेदन रद्द भएको थियो भने ५ हजार २ सय ८५ वटा आवेदन अस्वीकृत भएका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कम्पनीले असोज ६ गतेदेखि १० गतेसम्म कुल ७० लाख कित्ता आईपीओ निष्कासन गरेको थियो । जसमध्ये ५ प्रतिशतले हुने ३ लाख ५० हजार कित्ता म्युचुअल फण्ड र ३ प्रतिशतले हुने २ लाख १० हजार कित्ता कम्पनीका कर्मचारीलाई छुट्याइएको थियो । बाँकी ६४ लाख ४० हजार कित्ता भने सर्वसाधारणका लागि थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्