Shikhar Insurance
National Life

अनेरास्ववियूको प्रथम स्थायी कमिटिको बैठक सकियो

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार २०:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी) निकट अनेरास्ववियूको प्रथम स्थायी कमिटी बैठक सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न भएको बैठकलाई पार्टीका उप महासचिव तथा कर्णालाी प्रदेशका पूर्व मन्त्री प्रकाश ज्वालाले सम्बोधन गरेका थिए । ज्वालाले केपि ओलिको गलत रवैया, प्रतिगमनका मतियार, तानाशाहा प्रवृतिको विरुद्ध आफुहरुले विद्रोह गरेको बताएका थिए । उनले देशभरि आफ्ना नेता कार्यकर्ता उत्साहको आफ्नो पार्टीमा संगठित भैरहेको पनि बताएका थिए ।

बैठकमा अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले एमालेको विधान सम्मेलनलार्इ कमल थापा र उनका भाईहरुको भोज खाने र खुवाउने समारोह भएको आरोप लगाए । उनले नव मण्डले ओली र उनका हनुमानहरुले भोज खाएर घर फर्कने पनि बताएका थिए ।
बैठकलाई पार्टीका वरिष्ठ नेता तथा पुर्व प्रधानमन्त्री झलनाथ खनाले भर्चुल माध्यमबाट सम्बोधन गरेका थिए भने उप हासचिव डा. विजय पौडेलले प्रशिक्षण मूलक धारणा राखेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैठकले संगठनको आगामी योजना, संगठन विस्तार गर्ने निर्णय गरेको अनेरास्ववियूका उपमहासचिव अशोक थापाले जानकारी दिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्