Shikhar Insurance
National Life

बेखर्ची बन्नबाट जोगियो अमेरिकी सरकार, सटडाउनबाट जोगिन यसो गर्नुपर्ने रहेछ

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार १३:५९
Hyundai
NCELL
NIMB

न्युयोर्क । अमेरिकामा सरकारले खर्च गर्न पाउने विधेयकलाई प्रमाणीकरण गर्दै अस्थायी कानुनी व्यवस्था ल्याएर पुनः सरकार ठप्प हुने अवस्था रोकेका छन् । खर्च गर्न नपाउने प्रावधान सुरू हुन केही समय बाँकी  रहँदा संसद्ले खर्च गर्न पाउने अस्थायी विधेयकलाई दुबै सदनबाट अनुमोदन गरेपछि  सरकारी कामकाज ठप्प अर्थात सट डाउन हुनबाट जोगिएको हो ।

यसअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको समयमा खर्चसम्बन्धी विधेयक पारित नहुँदा लामो समय सरकार खर्चबिहिन अवस्थामा पुगेको थियो । विधेयक अनुमोदनपछि अब संघीय निकाय बन्द हुने  छैनन् भने लाखौँ सरकारी कर्मचारी पनि बेतलबी बिदामा बस्नुपर्ने छैन ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स र माथिल्लो सदन सिनेटमा विधेयकबारे मतदान भएको थियो । रिपब्लिकन र डेमोक्रयाट्का सांसदबीच सहमति जुटेपछि मात्र मतदान भएको थियो । सिनेटमा भएको मतदानमा विधेयकको पक्षमा ६५ मत खसेको थियो भने विपक्षमा ३५ मत परेको थियो ।

विधेयक पारित भएसँगै डिसेम्बर ३ सम्म सरकारले खर्च गर्न पाउने सुनिश्चित गरेको छ । राष्ट्रपति बाइडनले समयसीमाभन्दा एक घण्टाअगाडि विधेयकमा हस्ताक्षर गरेका थिए । खर्चसम्बन्धी अस्थायी कानुनी व्यवस्था नल्याएको भए सरकारअन्तर्गतका सुरक्षासम्बन्धी कार्यक्रम, राष्ट्रिय निकुञ्ज, र संग्रालयलगायतका कार्यलय ठप्प हुने अवस्थामा थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्