Shikhar Insurance
National Life

शाहरुखको पूरा नभएको त्यो सपना

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार ०९:०१
Hyundai
NCELL
NIMB

एजेन्सी । ‘रोमान्स किङ’को उपनामले बलिउडमा परिचित शाहरुख खानले एक फिल्म फेस्टिभलमा सम्बोधन गर्ने क्रममा आफूले अहिलेसम्म नेसनल अवार्ड प्राप्त गर्न नसकेको बताएका छन् ।

उनले आफ्नो जीवनमा निर्देशकहरूसँग यही एउटा गुनासो रहेको समेत खुलाए । उनले भने, ‘मलाई नेसनल अवार्ड विनर बन्ने फिल्म नै आएनन् वा मलाई त्यस्तो भूमिकामा अप्रोच गरिएन ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

तर, उनले यसका पछाडि आफ्नै कारण रहेको बताए । उनले आफूलाई हेरेर निर्माता तथा निर्देशकले फिल्म अफर गर्ने भएकाले पनि यस्तो भएको स्वीकारे ।

‘मैले ७१ वटाभन्दा बढी फिल्ममा काम गरिसकेको छु तर मैले स्वदेश भन्ने फिल्म मात्र अलिक फरक गरेको थिएँ’, शाहरुखले सम्बोधन गर्दै आफ्नो कुरा राखे । उनले आफुलाई अवार्डमा होस्ट, गेस्ट र डान्सरको रूपमा मात्र बोलाइने गरेको समेत जनाए ।

शाहरुख पछिल्लो समय फिल्म ‘पठान’का कारण चर्चामा छन् । अनान्द एल राय निर्देशित ‘जिरो’ पनि फ्लप भएपछि शाहरुखले धेरै समय ब्रेक लिए । आउँदो वर्ष उनी साउथ इन्डियन फिल्म निर्देशक इटलीको फिल्ममा पनि देखापर्नेछन् ।

हेरौँ, शाहरुखको सपनालाई आउँदो फिल्मले पूरा गर्छ या उनले अन्य फिल्म गर्छन् ?

GBIME

प्रतिक्रिया दिनुहोस्