Shikhar Insurance
National Life

अस्ट्रेलियाले अन्तर्राष्ट्रिय यात्रुमाथि लगाएको प्रतिबन्ध हटाउने, नेपालीहरू पनि जान पाउने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार ०८:१०
Hyundai
NCELL
NIMB

काठमाडौं । अस्ट्रेलियाले नोभेम्बरदेखि अन्तर्राष्ट्रिय यात्रामाथि लगाइएको प्रतिबन्ध हटाउने भएको छ ।

अस्ट्रेलियाले १८ महिनामा पहिलो पटक आफ्नो मुलुकमा प्रवेश गर्न दिने गरी नोभेम्बर महिनादेखि अन्तर्राष्ट्रिय सिमाना खुला गर्न लागेको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अहिले बाहिरबाट आउने आफ्ना नागरिक र विशेष स्थितिले छुट पाएका व्यक्तिहरूलाई मात्र अस्ट्रेलिया प्रवेशका लागि अनुमति दिइएको छ ।

अस्ट्रेलियाको यो नीतिले कोभिड- १९ को नियन्त्रणमा सघाएको भन्दै अन्तर्राष्ट्रिय स्तरमा प्रशंसासमेत भएको छ ।

प्रधानमन्त्री स्कट मोरिसनले खोप लगाउने दर ८० प्रतिशतभन्दा बढी रहेका देशहरूले यात्रामा स्वतन्त्रता पाउने बताएका छन् ।

यस्तै, खोप लगाएका यात्रुहरूले अब सात दिन मात्र होम क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था गरिएको छ । सिड्नी, मेलबर्न र क्यानबेरालगायतका शहरमा अझै पनि लकडाउन जारी नै छ । अस्ट्रेलियाको सबैभन्दा ठूलो विमानस्थल रहेको सिड्नी एयरपोर्ट पनि ११ अक्टोबरदेखि खुल्दै छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्