Shikhar Insurance
National Life

शक्तिखोर औद्योगिक क्षेत्रलाई छिट्टै अघि बढाउने उद्योग सचिवको उद्घोष

सिंहदरबार संवाददाता
२०७८ आश्विन १६, शनिबार ०७:२१
Hyundai
NCELL
NIMB

चितवन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले चितवनको शक्तिखोर औद्योगिक क्षेत्रको कामलाई छिटोभन्दा छिटो अगाडी बढाइने बताएका छन् । प्राविधिक कारणले ढिलाइ भएको भन्दै उनले औद्योगिक क्षेत्र छिट्टै नै संचालनमा ल्याउने गरी काम थालिएको बताए ।

ईआईए भएको वर्षौंसम्म पनि शक्तिखोर औद्योगिक क्षेत्रको शिलान्यास हुन सकेको थिएन । चितवन क्षेत्र औद्योगिक करिडोरका उद्योगी व्यवसायीहरूसँग शुक्रबार अन्तर्क्रिया गर्दै उद्योग सचिव पोखरेलले यसै आर्थिक वर्षमा एउटा मोडल लिनेगरी काम अघि बढाइएको बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

‘औद्योगिक क्षेत्रका लागि चितवनजतिको संभावना बोकेको ठाउँ अन्त छैन । प्राविधिक कारणले शक्तिखोर औद्योगिक क्षेत्रको काममा ढिलाइ भएको थियो । अब छिटोभन्दा छिटो संचालन हुनेगरी काम अघि बढाउछौँ’, उनले भने ।

उद्योग क्षेत्रको विकासका लागि छुट र सहुलियत नभएर पूर्वाधार माग्न उनले उद्योगी, व्यवसायीलाई आग्रहसमेत गरे । उद्योगी, व्यवसायीलाई सबल र प्रतिस्पर्धी बनाउन सरकारले पूर्वाधार विकासमा जोड दिने उनले बताए । नयाँ औद्योगिक क्षेत्रमा सरकारले अब उद्योगीका लागि भवन नबनाउने उनको भनाइ छ ।

‘नयाँ औद्योगिक क्षेत्रमा अब सरकारले भवन बनाउँदैन । उद्योगीलाई नै बनाउन सुविधा दिन्छौँ किनभने हामीले बनाएको भवन उद्योगीलाई उपयुक्त नहुन सक्छ । राज्यले अब औद्योगिक क्षेत्रमा बाटो, ढल, बिजुली जस्ता पूर्वाधारमा मात्र लगानी गर्छ’, उनले भने ।

औद्योगिक क्षेत्रका लागि राज्यले नै जनशक्ति उत्पादन गर्नुपर्ने उनले बताए । साना उद्योगीका लागि कच्चा पदार्थ र बजारको व्यवस्थालाई सरकारले प्राथमिकतामा राखेको उनी बताउँछन् । कार्यक्रममा उद्योगी, व्यवसायीहरूले नयाँ उद्योग दर्ता गर्नेदेखि कच्चा तथा तयारी सामग्रीको आयात निर्यातमा भएका समस्याबारे ध्यानाकर्षण गराए ।

चितवन उद्योग संघका पूर्वअध्यक्ष हरिप्रसाद सुवेदीले घरेलु तथा साना उद्योगमा भइरहेको विदेशी लगानी रोक्न आग्रह गरे । स्वदेशी उद्योगलाई प्रोत्साहनका लागि पहल गर्न र त्यसअनुसारको नीति तथा कानुन बनाउन उनीहरूले सुझाव दिएका छन्  ।

GBIME

प्रतिक्रिया दिनुहोस्