Shikhar Insurance
National Life

एनआईसी एशिया बैंकको भाइबर स्टिकर सार्वजनिक, क्विज बजमा आकर्षक उपहार जित्न सकिने

सिंहदरबार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार १९:१३
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो भाइबर स्टिकर सार्वजनिक गरेको छ । बैंकले एनआईसी एशिया भाइबर क्विज बजसमेत सञ्चालनमा ल्याएको छ । जसमा दैनिक सहभागी भई भाइबर प्रयोगकर्ताले दैनिक तथा साप्ताहिक रुपमा आकर्षक उपहारहरू जित्न सक्नेछन् ।

असोज १४ गतेदेखि कात्तिक १० गतेसम्म सञ्चालन हुने क्विज बजमा दैनिक सहभागी भई त्यहाँ सोधिने सामान्य प्रश्नको सही जवाफ दिने एक जनाले साप्ताहिक रुपमा आकर्षक स्मार्टवाच जित्न सक्नेछन् भने हरेक दिन ४ जनाले ५ सय रुपैयाँको मोबाइल रिचार्ज समेत जित्न सक्नेछन् । यसका लागि यस बैंकको भाइबर कम्युनिटीमा जोढिइ त्यहाँ रहेको यस बैंकका भाइबर स्टिकर डाउनलोड गर्नुपर्ने हुन्छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

प्रतियोगिता अन्तर्गत सोधिने प्रश्नमा दिइएका चार वटा विकल्पहरू मध्येबाट सहभागी महानुभावहरूले सही जवाफ दिनुपर्ने हुन्छ । यसरी सोधिएका प्रश्नहरू मध्ये कुनै एक प्रश्नको मात्रै सही जवाफ दिँदा समेत सहभागीहरू विजेता बन्न सकिन्छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्