Shikhar Insurance
National Life

स्कोडाको दसैं अफरः मासिक किस्ता २९ हजार रुपैयाँमा स्कोडा कुशाक

सिंहदरबार संवाददाता
२०७८ आश्विन १५, शुक्रबार १८:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि युरोपेली कार ब्रान्ड स्कोडाको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले दसैं तिहार लक्षित ग्राहक योजना सार्वजनिक गरेको छ । ड्राइभ इन फेस्टिभ विथ स्कोडा कुशाक नाम दिइएको यो योजनाअन्तर्गत ग्राहकले न्युनतम २९ हजार रुपैयाँ मासिक किस्तामा नयाँ स्कोडा कुशाक खरिद गर्न सक्नुहुनेछ ।

अब ग्राहकले ५० प्रतिशत डाउनपेमेन्ट गरी मात्र ९ प्रतिशत ब्याजदरमा नयाँ कुशाक चढ्नु पाउनुहुनेछ । नेपाल बजारले निकै रुचाएको नयाँ स्कोडा कुशाकको खरिद सहज बनाउन एमएडब्लुले यो दसैं योजना ल्याएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सात वर्ष ऋण अवधि हुने योजनामा पहिलो एक वर्ष ब्याजदरमा कुनै परिवर्तन हुने छैन । र्‍यापिड र क्यारोकमा पनि एमएडब्लुले विशेष योजना ल्याएको छ ।

ग्राहकले हरेक स्कोडाको खरिदमा निःशुल्क बीमा, निःशुल्क एसेसोरिज, १ वर्षको निशुल्क सडक कर र अन्य आकर्षक उपहार पाउनुहुनेछ ।

नेपालमा हाल एक्टिभ, एम्बिसन तथा स्टाइल गरी कुशाकका तीन भेरियन्ट उपलब्ध छ । विश्वमै लोकप्रिय टिएसआई प्रविधि भएको १.० लिटरको इन्जिनले ११५ पीएस पावर र १७८ एनएम टर्क उत्पन्न गर्छ जुन सेग्मेन्टमै सबैभन्दा उत्कृष्ट हो ।

दुई महिनाअघि सार्वजनिक गरिएको स्कोडा कुशाकलाई कार पारखी माझ स्थापित भइसकेको छ । बिल्ड क्यालिटी, सिम्प्ली क्लेभर फिचर, बेजोड सुरक्षा र ड्राइभिंग फनका कारण स्कोडाका कार निकै लोकप्रिय छन् ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्