काठमाडौं । दशैंको मुखमा कोरोना संक्रमण बढेको भन्दै काठमाडौंका सिडिओले अनावश्यक भिडभाड नगर्न निर्देशन जारी गरेका छन् । तर गृहमन्त्रालयले सार्वजनिक कार्यक्रम रोक्ने कुनै निर्णय नभएको भन्दै खण्डन गरेको छ ।
काठमाडौंका सिडिओले असोज १४ गते राति १२ बजेदेखि लागू हुने गरी अनावश्यक भीडभाड, सभा, सम्मेलन, जुलुस, जात्रा र महोत्सव नगर्न अनुरोध गरेको थियो ।
तर गृह मन्त्रालयले पुनः अर्काे सूचना जारी गर्दै स्वास्थ्य मापदण्ड पुरा गरि आयोजना गरिने कुनै कार्यक्रम रोक्ने योजना नभएको स्पष्ट पारेको हो ।
प्रतिक्रिया दिनुहोस्