Shikhar Insurance
National Life

लापरवाही गर्ने बुद्धलाई कारबाही गर्ने तयारी

सिंहदरबार संवाददाता
२०७८ आश्विन १४, बिहीबार ०८:०४
Hyundai
NCELL
NIMB

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पछिल्लो समय विभिन्न एयरलायन्सका जहाजमा देखिएको समस्याबारे अध्ययन गर्न ५ सदस्यीय छानविन समिति गठन गरेको छ ।

मन्त्रालयले १३ गते बुधबार एक विज्ञप्ति जारी गरी नेपालको आकाशमा उड्ने राष्ट्रिय तथा अन्तराष्ट्रिय नेपालमा दर्ता भएका हवाईजहाज र हेलिकोप्टरको अवस्था परिक्षण गरि ३ महिनाभित्र प्रतिवेदन पेश गर्ने कार्य जिम्मेवारी सहित छानविन समिति गठन गरिएको जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

संस्कृति, पर्यटना तथा नागरिक उड्डयन मन्त्रनालयका सहसचिव बुद्धिसागर लामिछानेको संयोजकत्वमा, क्यानका पूर्व निर्देशक भेषराज सुवेदी, बरिष्ठ क्याप्टेन कृष्ण बहादुर पौडेल क्षेत्री, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सीएटीसीअ प्रमोद नेपाल, क्यानका प्रबन्धक लक्ष्मण देवकोटा रहेको समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

असोज ११ गते काठमाडौंबाट ७७ जना यात्रु लिएर उडेको बुद्ध एयरको विमानमा खरावी देखिएको लगाएत पछिल्लो समय विभिन्न कम्पनीका जहाज र हेलिकोप्टरमा प्राविधिक समस्या देखिएकाले यस्तो समस्या समाधानमा सहयोग पुगोस भन्ने ध्येयका साथ छानिवन समिति गठन गरिएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले विज्ञाप्ति निकालेर जानकारी दिएका छन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्