Shikhar Insurance
National Life

माधव नेपाल टिचिङ अस्पताल भर्ना, स्वास्थ्यमा सुधार

सिंहदरबार संवाददाता
२०७८ आश्विन १३, बुधबार २०:३३
Hyundai
NCELL
NIMB

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल टिचिङ अस्पताल भर्ना भएका छन् ।
ज्वरो र खोकी लागेपछि केहि दिनदेखि घरमै आराम गरिरहेका अध्यक्ष नेपाललाई बुधबार साँझ टिचिङ अस्पताल भर्ना गरिएको स्वकिय सचिव मोहन गौतमले जानकारी दिए ।

अध्यक्ष नेपालको स्वास्थ्य उपचारमा बरिष्ठ छाती रोग विशेषज्ञ सन्तकुमार दाससहितको टोली संलग्न रहेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अध्यक्ष नेपालको सचिवालयले जारी गरेको नोट
स्वास्थ्य जानकारी
नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालज्यू ज्वरो र खोकीको समस्याका कारण आज त्रि.वि. शिक्षण अस्पताल महाराजगन्जमा भर्ना हुनुभएको छ । उहॅाको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आराम सहित उपचार गर्नुपर्ने चिकित्सकहरूको सल्लाह रहेको छ । उहॅाको उपचारमा त्रि.वि. शिक्षण अस्पतालका वरिष्ठ छाती रोग विशेषज्ञ डा। सन्तकुमार दास सहितको टोली संलग्न रहेको छ । उहॅाको शीघ्र स्वास्थ्य लाभको कामना गर्नुहुने सबैप्रति हार्दिक आभार प्रकट गर्दै स्वास्थ्य संवेदनशीलताका कारण अस्पतालमा भेटघाट बन्द गरिएको व्यहोरा सम्बन्धित सबैमा सादर अनुरोध छ ।
२०७८ असोज १३ गते बेलुकी ८ः१० बजे
नीजि सचिवालय

GBIME

प्रतिक्रिया दिनुहोस्